क्याम्ब्रिज स्कुलले ग¥यो रामायण वाचन तथा कविता प्रतियोगिता सम्पन्न

प्रकाशित मिति :2018-07-13 11:35:56

 

काठमाडौं/२९ असार–काठमाडौंको पुरानो बानेश्वरमा रहेको क्याम्ब्रिज पब्लिक स्कुलले २०५ औं भानुजयन्तीको अवसर पारी रामायण वाचन तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरुले रामायण वाचन गरेका थिए भने कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरु कविता प्रतियोगितामा भाग लिएका थिए । विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन दाहालका अनुसार विद्यालयका संस्थापक प्रधानाध्यापक रीता राई दाहालले कार्यक्रममा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेकी थिइन् ।
प्रअ दाहालले सानैदेखि लेखनमा सहभागी भएर नै साहित्यकि क्षेत्रमा पाइला टेक्न सक्ने बताइन् । विद्यालयले विद्यार्थीहरुलाई पढाइका साथ साथै अन्य अतिरिक्त क्रियाकलापमा जोड दिने भएकाले यस्ता खालका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको सहायक प्रधानाध्यापक अर्जुन दाहालले जानकारी दिए ।
कार्यक्रममा विद्यालयले वर्षभरी सञ्चालन गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । विद्यालयले प्रभातफेरीकाे पनि अायाेजना गरेकाे थियाे ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE