इक्यान शैक्षिक मेला भोलिदेखि

प्रकाशित मिति :2018-07-18 08:13:47

काठमाडौं/२ साउन– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १२ औं बृह्त शैक्षिक मेला भोलिदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

मेलामा अष्ट्रेलिया, जापान, अमेरिका, न्यूजिल्याण्ड, भारत, रुस, बेलायतलगायतका देशको शिक्षा सम्बन्धि जानकारी दिइनेछ । विद्यार्थीले आफूले चाहेको देश, त्यहाँको शिक्षा, बसाइ, काम, हावापानी, भर्ना प्रक्रिया, खर्चका बारेमा जानकारी लिन सक्नेछन् ।

मेलामा २ सय २६ भन्दा बढी स्टल तथा १७ वटा पेभिलियनहरु रह्ने छन् । मेलामा विद्यार्थीहरुले भारत, चीन, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा, जापान, श्रीलंका, डेनमार्क लगायतका युरोपियन मुलुृकहरुका विश्वविद्यालय तथा कलेजका प्रतिनिधित्वहरु सँग साक्षात्कार हुन पाउने इक्यानले जानकारी दिएको छ ।

मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुका लागि अन्तराष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावापानी, वातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जान चाहाने नेपाली विद्यार्थीका लागि आवश्यक सबै विषयवस्तुका बारेमा जानकारी दिइनेछ । इक्यानका अनुसार विदेशमा गएर अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो मेला लाभदायिक हुनेछ ।

साउन ६ गतेसम्म सञ्चालन हुने यस मेलामा निशुल्क डेन्टल क्याम्प, प्राथमिक उपचार केन्द्र र रेडक्रस सोसाइटीबाट रक्तदान कार्यक्रम पनि सञ्चालन हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE