अब प्रावि र निमावीले पनि अनुदान पाउने

प्रकाशित मिति :2018-07-18 09:22:34

काठमाडौं/२ साउन– शिक्षा विभागले सामुदायिक विद्यालयको सिकाइ सुधारका लागि अनुदान उपलब्ध गराउने भएको छ ।

विभागले मुस्ताङ र मनाङ बाहेकका जिल्लाहरुमा अनुमति प्राप्त गरी सञ्चालनमा रहेका तर हालसम्म कुनै पनि शिक्षा दरबन्दी/राहत अनुदान प्राप्त नगरेका वा एकजना मात्र दरबन्दी/राहत प्राप्त गरेका सामुदायिक विद्यालयहरुमा शिक्षण सिकाइ सुधारका लागि अनुदान दिने भएको हो ।

विभागले यसअघि माध्यमिक तहमा मात्र शिक्षण सिकाइ सुधारका लागि अनुदान दिने निर्णय गरेको थियो । अहिले प्रावि र निमाविलाई पनि उपलब्ध गराउने भएको हो । विभागको उपनिर्देशक घनश्याम आर्यालका अनुसार माध्यमिक तह शिक्षण सिकाइको अनुदानमा आधारभूत तह (कक्षा १ देखि ५ र कक्षा ६ देखि ८) का लागि समेत रकम थप गरी निकासा गरिएको छ । विभागले उपलब्ध गराएको रकम सम्बन्धित विद्यालयलाई दिन समेत अनुरोध गरेको छ ।

अनुदान प्राप्त गर्ने सामुदायिक विद्यालयहरु नियमानुसार अनुमति प्राप्त गरी कम्तिमा ३ शैक्षिक सत्र सञ्चालन भएको हुनु पर्नेछ । विद्यालयहरुले शैक्षिक सत्र गणना गर्दा ०७४ समेतलाई गणना गर्ने । विभागले निकास गरेको रकमबाट शैक्षिक सत्र ०७५ का लागि आधारभूत तह (कक्षा ६ देखि ८) र माध्यमिक तह (९ देखि १०) का लागि गणित, विज्ञान वा अंग्रेजी विषयको शिक्षकको व्यवस्था गर्नुपर्नेछ । विभागले विद्यार्थी संख्या र विद्यालय स्थापना भएको आधारमा क्रम निर्धारण गरी अनुदान दिने जनाएको छ ।

अनुदान प्राप्त गर्न विद्यालयमा नियमितरुपमा लेखा परीक्षण तथा सामाजिक परीक्षण भएको हुनुपर्ने छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE