सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

प्रकाशित मिति :2018-07-20 07:22:34

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना विद्यार्थी घाइते भएका छन् ।
सीसीएसबाट विद्यार्थीहरु बोलेर हिँडेका बा २ क ९२५० नम्बरको बस ठिमको नीलबाहारीमा करिब बिहान ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका विद्यार्थीहरुको मध्यपुर अस्पताल, नागरिक कम्युनिटी अस्पताल र सिभिल अस्पतालमा उपचार भईरहेको छ । विद्यालयका अनुसार ५ जना विद्यार्थीहरुलाई आईसियुमा भर्ना गरिएको छ ।
दुर्घटनामा परी बसको सह–चालक समेत गम्भीर घाइते भएका छन् । अभिभावकहरुले विद्यालयले बस क्षमता भन्दा बढी विद्यार्थी राखेकाे हुँदा दुर्घटना भएको बताएका छन् भने विद्यालयका वर्षाको कारणले सडक साघुँरो भई भासिँदा दुर्घटना भएको जनाएको छ । भक्तपुर प्रहरीले दुर्घटनाको बारेमा छानबिन गरिरहेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

माघमा १४ हजार पदका लागि लोकसेवाको विज्ञापन खुल्ने

काठमाडौं/१ पुस– सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवाको विज्ञापन खुलाउने कार्ययोजना तयार पारेको

स्कुल खबरको मोटिभेसन कार्यक्रम सिद्धार्थ विद्यापीठमा

काठमाडौं/१ पुस– स्कुल खबर म्याग्जिनले शुक्रबार सिद्धार्थ विद्यापीठमा आयोजना गरेको एक दिने मोटिभेसन कार्यक्रम सम्पन्न

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE