ट्रिटनमा सम्पन्न भयो एकदिने घरपालुवा जनावर सम्बन्धि प्रर्दशनी

प्रकाशित मिति :2018-08-01 12:06:39

काठमाडौं/१६ साउन– ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले घरपालुवा जनावर सम्बन्धि एकदिने प्रदर्शनी सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई गाउँले जीवनको वातावरण, रहनसहन, परिवेश र घरपालुवा जनावरका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रर्दशनीमा गाउँले परिवेश सिर्जना गर्नका लागि विद्यालयले बाँस, पराल र माटोकोबाट सानासाना ११ वटा गोठ समेत निर्माण गरेका थिए ।

शिक्षक र कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरुले मिलेर गोठको निर्माण गरेका थिए । गोठमा कागजबाट बनाइएका घरपालुवा जनावर गाई, भैंसी, कुखुरा, हाँस, खरायो, भेडालगायतका चित्रहरु राखिएको थियो ।

प्रदर्शनीमा जनावर पाल्ने तरिका, उनीहरुको विशेषताबारे कक्षा १ देखि ३ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले अभिभावक र अन्य विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

विद्यालयले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनका लागि जाँतोमा कसरी गहुँ पिस्ने, गाउँका मानिसले कसरी खेतीपाली गर्छन् र खेतमा कसरी काम गर्ने भन्ने कुरामा प्रत्यक्ष रुपमा देखाएको थियो ।

प्रर्दशनीमा कक्षा ७ का विद्यार्थीहरुले चमेनागृहको सहयोगमा खीर र चनाको तरकारी समेत पकाएर उपस्थित अभिभावक र अन्य विद्यार्थीहरुलाई खुवाएका थिए ।

उपस्थित अभिभावक र विद्यार्थीहरुलाई मनोरञ्जनका लागि घोडा र मिकीमाउसको समेत व्यवस्था गरिएको थियो ।

विद्यालयकी भाइस प्रिन्सिपल ममता शाहले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनका लागि प्रर्दशनीको आयोजना गरिएको बताइन् भनिन्, “यसरी विद्यार्थीहरुलाई सिकाउँदै विद्यार्थीहरुले सधै सम्झिरहन सक्छन् ।” उनले विद्यालयले सम्भव भएसम्म विद्यार्थीहरुलाई कितावमा अध्ययन गरेका विषयवस्तुहरुलाई व्यवहारिक रुपमै सिकाउने प्रयास गरिरहेको जानकारी दिइन् ।

साउन १५ गते मंगलबार आयोजना गरिएको उक्त प्रर्दशनमा स्थानीय समाजसेवी शशिविक्रम राणा, एकीकृत उपभोक्त संघका अध्यक्ष मदन शिवाकोटी, ट्रिटन योगा समितिका अध्यक्ष लवराज जोशी, पत्रकार एवं स्काउट गुरु बलराम प्यासी, अभिभावकहरुको उपस्थिति थियो । विद्यालयले यसअघि हरेक वर्षको असार १५ गते ग्रामिण क्षेत्रमा विद्यार्थीहरुलाई लगेर खेतमा बाउसे गर्न, धान रोप्न, जरा उखेल्न सिकाउँदै आएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

माघमा १४ हजार पदका लागि लोकसेवाको विज्ञापन खुल्ने

काठमाडौं/१ पुस– सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवाको विज्ञापन खुलाउने कार्ययोजना तयार पारेको

स्कुल खबरको मोटिभेसन कार्यक्रम सिद्धार्थ विद्यापीठमा

काठमाडौं/१ पुस– स्कुल खबर म्याग्जिनले शुक्रबार सिद्धार्थ विद्यापीठमा आयोजना गरेको एक दिने मोटिभेसन कार्यक्रम सम्पन्न

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE