ग्रेड बृद्धिको परीक्षा भदौ १६ मा

प्रकाशित मिति :2018-08-03 05:53:42

काठमाडौं/१८ साउन– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तह कक्षा १२ को ग्रेड बृद्धिको परीक्षा भदौ १६ गते हुने जानकारी दिएको छ ।
कुनै एक विषयमा डी प्लस भन्दा कम ल्याउने परीक्षार्थीहरुले ग्रेड बृद्धिको परीक्षा दिन पाउने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । नतिजा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिने व्यवस्था समेत बोर्डले मिलाएको छ । विद्यार्थीहरुले पुर्नयोगका लागि भदौ १ गते भित्र निवेदन दिनुपर्नेछ ।
प्रत्येक विषयमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा सी भन्दा माथिको ग्रेड प्राप्त गर्ने परीक्षार्थीले नतिजा सार्वजनिक भएको २१ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र पाउनेछन् । डी प्लस प्राप्त गरेका विद्यार्थीले भने ग्रेडबृद्धि परीक्षामा सहभागी नहुने अवस्थामा मात्र प्रमाण पत्र पाउने बोर्डले जानकारी दिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE