३ वर्षपछि दरबार हाईस्कुलको शिलान्यास

प्रकाशित मिति :2018-08-03 07:24:25

काठमाडौं/१८ साउन– तीन वर्षअघि भुकम्पबाट क्षतिग्रस्त बनेको दरबार हाईस्कुलको शुक्रबार एक कार्यक्रम आयोजना गरी शिलान्यास गरिएको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् । उनीहरुले प्लेटलाई छोपिएको रातो पर्दा हटाएर सांकेतिक रुपमा भवन निर्माणको शुरुवता गरेका छन् ।
विद्यालय पुनः निर्माणका लागि नेपाल चिनियाँ सरकारबीच भएको सम्झौता अनुसार ९० करोड १० लाख लागतमा तयारी गरिनेछ । चिनियाँ सरकारले काम सुरु भएको १८ महिनामा निर्माण सम्पन्न गरी हस्तानतरण गर्ने बताएको छ ।
कार्यक्रममका मन्त्री पोखरेलले विद्यालय पुनः निर्माणमा सघाएकोमा चीन सरकारलाई धन्यवाद दिँदै उनले दरबार हाईस्कुल पनि सम्पूर्ण विद्यालय बन्ने बताए । पुनः निर्माणको काम समयमा सम्पन्न हुने कुरामा विश्वस्त रहेको मन्त्री पोखरेलले बताए ।
राजदूत यु होङ्ले नेपालकै गौरवको रुपमा रहेको दरबार हार्यस्कुल निर्माणको कार्य सुरु भएको बताउँदै यो विद्यालय चीन र नेपालको मित्रताको चिनो बन्ने बताइन् । भूकम्प पछि चीनले सुरु गरेका विभिन्न २५ परियोजना मध्ये २ वटा सम्पन्न, १७ वटा निर्माणको चरणमा र ६ वटाको सम्भाव्यता अध्ययन जारी रहेको जानकारी दिईन् ।
असार १० गतेबाट विद्यालयको भवन भत्काई निर्माण कार्यकाे सुरुवता गरिएको थियो । विभिन्न विवादका कारण निर्माण कार्यमा ढिलाई भएको थियो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

माघमा १४ हजार पदका लागि लोकसेवाको विज्ञापन खुल्ने

काठमाडौं/१ पुस– सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवाको विज्ञापन खुलाउने कार्ययोजना तयार पारेको

स्कुल खबरको मोटिभेसन कार्यक्रम सिद्धार्थ विद्यापीठमा

काठमाडौं/१ पुस– स्कुल खबर म्याग्जिनले शुक्रबार सिद्धार्थ विद्यापीठमा आयोजना गरेको एक दिने मोटिभेसन कार्यक्रम सम्पन्न

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE