शैक्षिक भम्रणमा गएका विद्यार्थी गोक्यो तालमा डुबेर बेपत्ता

प्रकाशित मिति :2018-08-05 05:54:07

Image result for गोक्यो ताल मा बेपत्ता विद्यार्थीकाठमाडौं/२० साउन– सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा रहेको खम्जुङ माध्यमिक विद्यालयमा अध्ययनरत ३ जना विद्यार्थी गोक्यो तालमा डुबेर बेपत्ता भएका छन् ।
शैक्षिक भम्रणमा गएका विद्यार्थीहरु नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खुम्बजुङ आधारभूत विद्यालयमा कक्षा ९ मा अध्ययनरत पेम्बादोर्जे शेर्पा, पेम्बानुरु शेर्पा र सुनिल बराइली छन् ।
विद्यालयका कक्षा ९ मा अध्ययनरत ३६ जना विद्यार्थीको समूह शिक्षकहरु सँग शुक्रबार भम्रणका लागि गएका थिए । विद्यार्थी बेपत्ता भएको कुरा शनिबार ११ बजे आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भम्रण टोलीबाट छुटिएर उनीहरु नुहाउन गएका थिए ।
विद्यार्थीहरुको खोजी कार्यका लागि सिम्रिक एयरको हेलिकप्टरको प्रयोग गरिएको भएपनि प्रतिकूल मौसमका कारण उद्धारमा समस्या भएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE