एसईईको ग्रेडबृद्धि परीक्षा आजबाट

प्रकाशित मिति :2018-08-08 06:35:20

काठमाडौं/२३ साउन–आजबाट माध्यमिक तह एसईईको ग्रेडवृद्धि परीक्षा सुरु भएको छ । नियमति तथा एक्जेम्टेड दुवै समूहका परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका उप–परीक्षा नियन्त्रक डिल्ली कुमार लुइँटेलका अनुसार २५० वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको छ । ग्रेडबृद्धिको परीक्षामा विषयगत अनुसार करिब ४ लाखको हाराहारीमा परीक्षार्थी रहेको लुइँटेलले एजुकेशन न्यूजलाई जानकारी दिए । आज अनिवार्य अंग्रेजीको परीक्षा भएको र राम्रो सँग सम्पन्न भएको समेत उनले बताए ।
चैतमा सञ्चालित एसईईको परीक्षामा सम्मिलति भई सी वा सी भन्दा तलको ग्रेड प्राप्त गर्ने तथा बढीमा २ विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्ममा ग्रेड उल्लेख नभएका परीक्षार्थीहरु ग्रेडबृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको छ । परीक्षा भदौको २ गतेसम्म सञ्चालन हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE