एन–प्याब्सनको आयोजनामा अन्तर–विद्यालय लोकनृत्य प्रतियोगिता हुने

प्रकाशित मिति :2018-08-12 12:43:26

काठमाडौं/२७ साउन– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन र नेशनल प्याब्सन काठमाडौंले संयुक्त रुपमा जिल्लास्तरीय अन्तर–विद्यालय लोकनृत्य प्रतियोगिता आयोजना गर्ने भएका छन् । मौलिक कला र संस्कृतिको संरक्षण र सम्बद्धन गर्ने उद्देश्यले साउन २९ गते आयोजना गर्न लागिएको प्याब्सन काठमाडौंले जानकारी दिएको छ ।

प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने पाउने छन् । उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित ट्रफी प्रदान गरिनेछ । प्रथम हुने विद्यार्थीलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार र तृतीय हुने प्रतियोगीलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

सान्त्वना र अन्य विभिन्न विधिमा उत्कृष्ट हुने ६ वटा विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरिनेछ । यसैका साथ उत्कृष्ट १ जान नृत्य निर्देशक र एक–एक जना उत्कृष्ट नृत्यांगाना छनोट गरी ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमका संयोजक गेन्द्र लामाका अनुसार प्रतियोगिताले विद्यार्थीहरुलाई प्रोत्साहन प्रदान गर्ने छ । भन्छन्, “पछिलो समयमा पश्चिमा संस्कृतिले हाम्रो संस्कृति लोप हुने अवस्थामा पुगिरहेको समयमा हामीले सचेत गराउन कार्यक्रम आयोजना गरेका हौं ।”

कार्यक्रमले लोक संस्कृतिको जगेर्ना गर्न सहयोगी भूमिका निर्वाह गर्ने उनको भनाइ छ । कार्यक्रम संस्कृति संस्थान राष्ट्रिय नाचघर जमलमा हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अक्सफोर्ड कलेजमा उत्कृष्ट शिक्षा

गैंडाकोट–२, नवलपरासीमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज २०५७ ( ई.सं.२०००) सालमा पोखरा

पश्चिम नेपालमा उत्कृष्ट हो राप्ती इन्जिनियरिङ कलेज

इन्जिनियरिङ कलेजको रुपमा पश्चिम नेपालमा सबैभन्दा पहिले ११ वर्ष अगाडि स्थापना भएको कलेज हो राप्ती

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE