स्कुल बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते

प्रकाशित मिति :2018-08-13 09:07:02

काठमाडौं/२८ साउन–इलामको आशादीप बोर्डिङ स्कुलको बस सोमबार बिहान मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १ बाघखोरमा दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् ।
स्कुलको मे १ ख १९५५ नम्बरको स्कुल बस इलामको राँके बजारबाट विद्यार्थी बोकेर रक्से तर्फ जादैं गर्दा विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा दुर्घटनामा परेको हो ।
घाइते भएका १४ जना विद्यार्थीहरुमध्ये ११ जनाको इलाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापा लगिएको छ । स्थानीय रक्से प्रहरी चौकीले बसका चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE