क्याम्ब्रिजको ३ दिने शैक्षिक मेला पूर्वाञ्चलमा

प्रकाशित मिति :2018-08-16 06:25:43

काठमाडौं/३१ साउन– उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सोच बनाइरहेका विद्यार्थीहरुलाई लक्षित गरी क्याम्ब्रिज इन्स्टिच्यूट अफ टेक्नोलोजीले पूर्वाञ्चलमा ३ दिने ‘अष्ट्रेलियन एजुकेशन फेयर’ गर्ने भएको छ ।


क्याम्ब्रिजले भदौ १ गतेदेखि ३ गतेसम्म पूर्वका विभिन्न शहरमा एजुकेशन फेयर गर्ने तयारी गरेको छ । भदौ १ गते विर्तामोड, २ गते दमक र ३ गते इटहरीमा फेयर आयोजना गर्न लगेको क्याम्ब्रिजले जनाएको छ ।
क्याम्ब्रिजका संस्थापक एंव प्रमुख कार्यकारी शिशिर सिम्खडाका अनुसार मेलामा अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी र कलेजको सहभागीता रहनेछ । विद्यार्थी तथा अभिभावकले शैक्षिक मेलामा अष्ट्रेलियाका १५ भन्दा बढी उत्कृष्ट विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा भेटेर अष्ट्रेलियन शिक्षा प्रणाली, अध्ययन शुल्क, छात्रवृत्ति, भाषिक योग्यता, भिषा प्रक्रिया लगायतका विषयमा जानकारी लिन सक्नेछन् । मेलामा विद्यार्थीहरुलाई करियर काउन्सिलिङ पनि गरिनेछ ।
अष्ट्रेलिया पढ्न जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त शैक्षिक मेलामा ३ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।
क्याम्ब्रिज इन्सिटच्यूट अफ टेक्नोलोजीको मुख्य कार्यालय काठमाडौंमा रहेको छ । क्याम्ब्रिजले अमेरिका, क्यान्डा, बेलायत, न्यूजिल्याण्ड, जापान, भारतलगायतका मुलुकमा अध्ययनका लागि जान चाहाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको छ । क्याम्ब्रिजको मुलुकभर ११ वटा शाखा रहेका छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE