बास्केटवल उपाधि ग्रिनल्यान्ड र लालिगुँरासलाई

प्रकाशित मिति :2018-09-08 14:51:32

काठमाडौं २२ भदौ । ग्रिनल्यान्ड र लालिगुँरास विद्यालयले १३ औं क्विक्स ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रवार भएको सिनियर छात्र तथा सिनियर छात्राको उपाधि आयोजक ग्रिनल्यान्ड स्कुलले हात पारेको छ । सिनियर छात्रको खेलमा ग्रिनल्यान्डले गोल्डेनपिक माथि ५५–५४ को रोमाञ्चक जित निकाल्यो ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गदै सर्वाधिक २१ स्कोर गरेका ग्रिनल्यान्डका राजिब आलेमगर उत्कृष्ट खेलाडी चुनिए । ग्रिनल्यान्डका अनिश पाण्डे बेष्ट थ्रि पईन्टर चुनिदा उपबिजेता गोल्डेनपिकका गोपाल भण्डारीले हाईस्करको उपाधि जिते ।
सिनियर छात्रातर्फ आयोजक ग्रिनल्याण्डले टिआईएलाई २८–१६ को स्कोरमा हरायो । ग्रिनल्यान्डको जितमा प्रतियोगिताकै हाईस्कोररको उपाधि जितेकी सितोस्ना केसीले सर्वाधिक १८ स्कोर गरेकी थिईन् । सिनियर छात्रातर्फ ग्रिनल्यान्डका आरिस्का खड्काले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । थ्रि पइन्टरको उपाधि भने टिआईएकी ऐनी गुरुङले जितिन् ।
आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको जुनियर छात्रको फाईनल खेलमा लालीगुँरासले नवजिवनलाई ३२–२४को स्कोरमा हराउँदा दिपेश केसीले सर्वाधिक १० स्कोर गरे । दिपेशनै जुनियर छात्रतर्फ उत्कृष्ट खेलाडी चुनिए । जुनियर छात्रमा लालीगुँरासका जोन तामाङले हाईस्कोरको उपाधि जिते भने नवजिवनका रोशन लगुन बेष्ट थ्री पईन्टर चुनिए । नौ दिने प्रतियोगिताका बिजेता टिम तथा खेलाडीलाई माननीय संसाद प्रदेश ३ का दिपक निरौला, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा,केन्द्रिय प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारी,आयोजक बिद्यालयका प्राचार्य थकिनकुमार गुरुङ,न्यु समिट स्कुलका निर्देशक रमेश पन्थीलगायतले पुरकस्कृत गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथी माननीय सांसद प्रदेश ३ दिपक निरौलाले संस्थागत विद्यालयको योगदान खेलकुदमा अतुलनिय रहेको कुरा बताउनु भयो । विद्यालय स्तरबाटै खेलकुदको आयोजनाले नयाँ प्रतिभाहरु जन्माउने कुराको विश्वास गर्नु भयो । विद्यालयका प्रिन्सिपल थकिन कुमार गुरुङले १३औँ संस्करणसम्म आयोजना गरेर खेलकुदमा ठूलो लगानि गरेको हो भन्नु भयो । खेलकुद स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि मुल नारालाई सार्थक भएको कुरा जानकारी गराउनु भयो । जम्मा ४४ वटा टिम सहभागी उक्त प्रतियोगिता जुनियर ब्वाइज, सिनियर गर्ल र सिनियर ब्वाइजलाई चार समूहमा विभाजित गरी लीगकम नकाउटको आधारमा जम्माजम्मी ८१ वटा खेल धापासी स्थित विद्यालयको खेलमैदानमा सम्पन्न भएको थियो । सिजी ग्रुपको क्वीक्स चिजबल प्रमुख प्रायोजन रहेको उक्त कार्यक्रममा कुल लागत तीन लाखमा सम्पन्न भएको थियो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE