प्रेशस् पब्लिक इंग्लिस स्कुल उत्कृष्ट विद्यालय घोषित

प्रकाशित मिति :2018-09-10 08:14:59


काठमाडौं/२५ भदौ–सूर्यविनायक न.पा.२ बालकोटका प्रेशस् पब्लिक इंग्लिस स्कुललाई सूर्यविनायक नगरपालिकाले शिक्षा विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उत्कृष्ट विद्यालय घोषित गरेको छ । विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै नगरपालिकाले नगद ५० हजार रुपैयाँ सहित प्रमाण पत्रद्धारा प्रेशस् स्कुललाई सम्मान गरेका थियो ।
शिक्षा दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेका नृत्य प्रतियोगितामा प्रेशस् पब्लिक इंग्लिस स्कुलकी छात्रा प्रतिज्ञा प्रथम भएकी थिइन् । प्रथम भएकी उनलाई नगद १० हजार सहित प्रमाण पत्र र शिल्ड प्रदान गरिएको थियो । नगरपालिकाले आफ्नो नगर क्षेत्रमा एसईईको परीक्षामा उत्कृष्ट अंक ४ जिपिए ल्याएका विद्यार्थीलाई पनि सम्मान गरेको थियो । प्रेशस् स्कुलका विद्यार्थी सागर बैद्यलाई पनि उत्कृष्ट विद्यार्थीमा सम्मानित भई नगद १० हजार रुपैयाँका साथै प्रमाण पत्र प्राप्त गरेको विद्यालयले जानकारी दियो ।
सूर्यविनायक नगरपालिकाले ३९ औं शिक्षा दिवसका अवसरमा नगरपालिका भित्रका विभिन्न विद्यालयसँग सहकार्य गरी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा पहिचान, प्रस्फुटन र क्षमता विकासका लागि नृत्य, चित्रकला, निबन्ध लेखन लगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको थियो । विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई भाद्र २३ गते आयोजना गरिएको कार्यक्रममा नगद, शिल्ड तथा प्रमाण पत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बासुदेव थापाले उत्कृष्ट विद्यालयका रुपमा छनोट भएका विद्यालय र विद्यार्थीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ परिष्कृत र उत्कृष्टताको बाटोमा अगाडि बढ्न शुभकामना दिए । यसैगरी उत्कृष्ट विद्यालय घोषणा गरी नगरपालिकाले पुरस्कृत गरेको प्रेशस् स्कुलका प्रधानाध्यापक भोलाप्रसाद चौधरीले सबैमा कृतज्ञता ज्ञापन गरेका थिए । उनले अझै प्रभावकारी रुपमा विद्यालय अगाडि बढाउने बाचा समेत गरेका थिए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

चितवनको कृषि विश्वविद्यालयमा तोडफोड र आगजनी, लाखौंको नोक्सान १० जना पक्राउ

काठमाडौं/२८ कात्तिक–चितवनको कृषि तथा वन विश्वविद्यालयमा पूर्वाधारबिना निजी कलेजलाई भर्नाका लागि अनुमति दिएको विरोधमा विद्यार्थीले

दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै

काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE