क्याम्ब्रिज स्कुलले ग¥यो नारीलाई सम्मान

प्रकाशित मिति :2018-09-10 10:32:38

काठमाडौं/२५ भदौ– क्याम्ब्रिज पब्लिक हाई स्कुलले ‘नारी शसक्तिकरणका लागि तीज २०७५’ कार्यक्रम आयोजना गरी विभिन्न विधिमा महिलाहरुलाई सम्मान गरेको छ ।
काठमाडौं जिल्ला प्याब्सनका सल्लाहारकार बाल विकास तालिम प्रशिक्षक सानु अमात्य प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाली लोक गीत गायिका तीर्थकुमारी थापालाई सम्मान गरिएको थियो । थापालाई नगद १० हजार रुपैयाँ सहित दोसल्ला ओडाएर सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन दाहालले जानकारी दिए ।
सहायक प्रअ दाहालका अनुसार विद्यालयकी प्रि–प्राइमरी शिक्षिका भावना सुनवार, लेखाशाखा कर्मचारी आकृती अर्याल र विद्यालय सहयोगी शोभा वोटेलाई सम्मान गरिएको बताए ।
स्कुलले नारी व्यक्तित्व विकासका लागि विविध प्रतियोगिताहरु समेत आयोजना गरेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने शिक्षिकाहरुलाई पुरस्कृत गरिएको थियो । नृत्य प्रतियोगितामा शिक्षिका तर्फ सुनिता सुब्बा प्रथम भएकी थिइन् । यसैगरी मुना दाहाल र दिपा बस्नेत क्रमश ःदोस्रो र तेस्रो भएका थिए ।
यसैगरी हिता राईले बेस्ट ट्यालेन्ट र मनिशा राईमाझीले बेस्ट मेकअपको उपाधी प्राप्त गरे । बेस्ट ट्यालेन्टमा दोस्रो ममता श्रेष्ठ र तेस्रो सीता कोइराला भइन् । बेस्ट पर्सनालिटीको उपाधी प्रतिभाराज भण्डारीले हात पर्ने सफल भइन् ।
विद्यालयकी प्रधानाध्यापक रिता राई दाहालको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा गायिका, नृत्यङ्गना तथा संगिताकार बिमला राई, गायिका कुन्ती मोक्तान, स्कुल व्यवस्थापन समितिका सदस्य तारा न्यौपाने तथा विद्यालयका शिक्षिकाहरु लगायतका सहभागिता रहेको थियो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रदेश नं. १ का सामूदायिक विद्यालय प्रविधिमैत्री बनाइने

काठमाडौं/३ माघ– प्रदेश नं.१ का सामूदायिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक गुणस्तर सुधार कार्यक्रम सुरु गरिने भएको

परीक्षाकेन्द्र सार्वजनिक, केन्द्रसहित

काठमाडौं/३ माघ– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमएचएम, एमटीटीएम, एमबीएम र एमबीएईको प्रवेश परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE