केयुको रजिष्टारमा डा. सुबोध शर्मा

प्रकाशित मिति :2018-09-19 07:34:48

रजिष्ट्रार शर्मालगायत। फोटो: केयुकाठमाडौं/३ असोज–प्रधानमन्त्री एंव कुलपति केपी शर्मा ओलीले काभ्रे धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको रजिष्टारमा मंगलबार प्राध्यापक डा.सुबोध शर्मालाई नियुक्त गरेका छन् ।
स्कुल अफ साइन्सका डिन रहेका शर्मालाई रजिष्टार भोला थापाले राजीनामा दिएपछि उपकुलपति रामकण्ठ माकाजुले रजिष्टारमा सिफारिस गरेका हुन । रजिष्टार शर्माले मंगलबार नै पदबहाली गरिसकेका छन् ।
भदौ ७ गते रजिष्टार भोला थापाले राजीनामा दिएपछि केयुमा रजिष्टार खाली थियो । प्राध्यापकहरुले वरिष्ठता तथा विधि नमिलाई शर्मालाई रजिष्टार बनाएको भन्दै विज्ञप्ति नै निकालेर विरोध जनाएका छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE