कक्षा १२ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक

प्रकाशित मिति :2018-09-19 09:39:48

काठमाडौं/३ असोज– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक तह कक्षा १२ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले भदौ १६ गते सञ्चालन गरेको माध्यमिक तह कक्षा १२ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा कुनै एक विषयमा अनुपस्थित हुने र कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीहरु सहभागी भएका थिए ।
ग्रेडबृद्धिको परीक्षामा ७६ हजार २ सय २७ जना परीक्षार्थीहरु सहभागी भएको बोर्डले जानकारी दिएको छ । परीक्षार्थीहरुले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np गएर हेर्न सक्नेछन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE