अस्थायी शिक्षकको नतिजा दसैंपछि

प्रकाशित मिति :2018-09-20 07:26:28

काठमाडौं/३ असोज–गत असारमा लिएको अस्थायी शिक्षकको लिखित परीक्षाको नतिजा दशैं पछाडि मात्रै आउने शिक्षक सेवा आयोगले बताएको छ । शिक्षक सेवा आयोग अध्यक्ष ताना गौतमले दशैं अगाडि नतिजा ल्याउन नसकिने भन्दै पछाडि नै नतिजा आउने बताए । आयोगका प्रशासकीय प्रमुख डा.तुलसीप्रसाद थपलियाले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको जानकारी दिए । असोज ११ गतेदेखि १३ गतेसम्म हुने खुला शिक्षकको परीक्षाकोे तयारीले गर्दा नतिजा प्रकाशनमा ढिलाइ हुन सक्ने थपलियाले बताए । “काम भइरहेको छ अलिकति ढिलो हुने सक्छ, अस्थायी शिक्षकको परीक्षाको उत्तरपुस्तिका परीक्षणको काम भने भइरहेको छ” उनले भने । खुला शिक्षकको परीक्षा सफलतापूर्वक सम्पन्न गर्नुपर्ने हाम्रो ठूलो दायित्व र जिम्मेवारी भएको हुँदा अहिले सम्पूर्ण कर्मचारीको ध्यान परीक्षामा केन्द्रित भएको छ । परीक्षाको सञ्चालन, व्यवस्थापन लगायतका सम्पूर्ण काम हेर्नुपर्ने हुँदा नतिजा प्रकाशनमा ध्यान जान नपाएको उनले बताए । लिखित परीक्षाको नतिजा प्रकाशित भएपछि मात्र मौखिक परीक्षा हुने डा.थपलियाले जानकारी दिए । यसैगरी असोज ११ गतेदेखि हुने खुलातर्फ परीक्षाका लागि २ लाख ८० हजार आवेदन परेको छ । यसैगरी असोज १४ गते शिक्षकहरुको अन्तरिक बढुवाको परीक्षा पनि रहेको हुँदा कामको चाप भएको उनले बताए । गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षामा २२ हजार २ सय ३५ परीक्षार्थी सहभागी भएका थिए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE