एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

प्रकाशित मिति :2018-09-20 12:04:41

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका छन् । नेपाल ल क्याम्पसले दिएको जानकारी अनुसार प्रवेश परीक्षामा भाग नलिए पनि पढ्न चाहनेका लागि असाेज ५ गतेदेखि १५ गतेसम्म भर्ना लिइनेछ ।

क्याम्पस प्रमुख डा डी एन पराजुलीका अनुसार छुट भर्ना अन्तगर्त पुनः भर्ना खुलाइएको हो । यस अगाडि पहिले वर्षको भर्ना भदाै २५ गतेसम्मका लागि तोकिएको थियो । भदाै २५ गतेसम्म ३ हजार ६४५ जना विद्यार्थी भर्ना भएको पराजुलीले जानकारी दिए ।

भर्नाका लागि ९ हजार १५० रूपैयाँ लाग्नेछ । साथै स्नातक तह उत्तीर्ण ट्रान्सक्रिप्ट, नेपाली नागरिकताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपी एक-एक प्रति, नोटरी बाट प्रमाणित नभएमा अनिवार्य रूपमा सक्कली प्रति बुझाउनु पर्नेछ ।

हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ प्रति, नेपाल बैंकमा रकम जम्मा गरेको भाैचर१ प्रति, त्रिविभन्दा अन्य विश्वविद्यालयबाट स्नातक तह  उत्तीर्ण भएको भए त्रिविबाट समकक्षता खुल्ने कागजात एक प्रति अावश्यक पर्नेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE