प्रहरीमा भर्ना खुल्यो

प्रकाशित मिति :2018-10-01 05:54:58

काठमाडौं/१५ असोज– नेपाल प्रहरीले सोमबार ७ हजार २ सय ५६ रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षकमा १०८ जना, प्रहरी सहायक निरीक्षकमा ५ सय २४ जना माग गरेको छ । यसैगरी सबैभन्दा बढी प्रहरी जवानको माग गरेको छ । प्रहरी जवानका लागि ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
मानव स्रोत विकास विभागका अनुसार प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा ३० माग गरेको छ भने खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन माग गरेको हो ।
दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म खुल्ला गरिएको छ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था विभागले मिलाएको छ । जवान पदको दरखास्त भने सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने व्यवस्था गरेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE