टिका र जमरा लगाई दिएर विद्यार्थीलाई दशैं छुट्टि

प्रकाशित मिति :2018-10-09 07:40:59


काठमाडौं/२३ असोज–काठमाडौंमा रहेको फेरिल्याण्ड स्कुलमा आज विद्यार्थीहरुलाई टिका र जमरा लगाई छुट्टि दिने तयारी गरिएको छ । विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म अध्ययनरत करिब ७ सय विद्यार्थीहरुलाई टिका र जमरा लगाई दशैंको शुभकामना आदानप्रदान गरी दशैं छुट्टि दिने विद्यालयका प्रधानाध्यापक विष्णु चन्द्र अधिकारीले बताए ।
व्यावाहारिक शिक्षा सँग सँगै संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको फेरिल्याण्ड स्कुलले विद्यार्थीहरुलाई जमरा, टिकाको बारेमा जानकारी गराउन टिका र जमरा लगाइदिने गरेको अधिकारीले बताए । दशैं किन मनाइन्छ, कसरी मनाइन्छ, टिका र जमरा किन लगाइन्छ भन्ने बारेमा विद्यार्थीहरुलाई बुझाउन टिका र जमरा लगाईदिने गरेको बताउँदै अधिकारीले भने,“विद्यार्थीहरुलाई शिक्षा मात्र दिएर हुँदैन, संस्कारयुक्त शिक्षा दिनुपर्छ ।” विद्यार्थीहरुलाई नेपाली चाडपर्व, संस्कृति र परम्पराका बारेमा पढाएर भन्दा पनि व्यवहारमा लागू गरेर सिक्नुपर्ने उनको भनाई छ ।
फेरिल्याण्ड स्कुलले मात्र होइन अधिकांश निजी तथा संस्थागत विद्यालयहरुले विद्यालयमा दशैंको अवसरमा विद्यालय छुट्टि दिने अघिल्लो दिन दसैं मनाउने गर्दछन् । विद्यार्थीहरुलाई टिका र जमरा लगाईदिनुका साथ साथै शुभकामना आदानप्रदान गर्ने गरिन्छ । सिद्धार्थ विद्यापीठ स्कुलमा पनि आज दशैंको शुभकामना आदानप्रदान कार्यक्रम गरी टिका र जमरा लगाई विद्यार्थीहरुलाई दशैं छुट्टि दिने तयारी गरिएको छ । मन्टेश्वरीका बालबालिकाहरुलाई टिका र जमरा लगाईदिने गरेको सिद्धार्थ विद्यापीठ स्कुलकी प्रधानाध्यापक दीपीका रिमाल थापाले बताइन् । बालबालिकाहरुलाई टिका र जमरा लगाई दिँदा उनीहरु खुसी हुन्छन् । बालबालिकाको स्वभाव जिज्ञासु खालको हुन्छ । उनीहरुलाई दशैं किन मनाइन्छ, कसरी मनाइन्छ, टिका र जमरा किन लगाइन्छ भन्ने कुरा थाहा हुँदैन र अभिभावकहरुलाई प्रश्न गर्छन् तर दसैंको समयमा सबै अभिभावकहरु वेस्त हुने हुँदा बालबालिकाहरुले प्रश्नको उत्तर प्राप्त गर्न सक्दैनन् । त्यसैले, मन्टेश्वरीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई दशैं पर्व, टिका र जमराको बारेमा बुझाउन टिका र जमरा लगाई दिने गरेको थापाले बताइन् । थापाका अनुसार बालबालिकाहरुलाई दशैंको बारेमा बुझाउन र कसरी मनाइन्छ भन्ने कुरा सिकाउन यस्तो गर्ने गरेको हो ।
दशैं हाम्रो परम्परा हो दशैंको महत्व र अर्थको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउन विद्यालयमा दशैंको अवसरमा टिका र जमरा लगाई दिने गरेको करियर विल्डिङ्ग इन्टरनेशनल स्कुलका प्रधानाध्यापक हेम राईले बताए । विद्यार्थीहरुलाई हाम्रो परम्परा, संस्कार र संस्कृतिको बारेमा सिकाइएन भने विस्तारै लोप हुँदै जान्छ । त्यसैले संस्कार, संस्कृति र परम्पराको जर्गेना गर्नका लागि दशैंको अवसरमा टिका र जमरा लगाईदिने गरेको प्रअ राईले बताए ।
असोज २६ गतेदेखि दशैं छुट्टि दिने तयारी गरेको पाडिणी स्कुलमा पनि दशैं छुट्टिको अघिल्लो दिन विद्यार्थीहरुलाई टिका र जमरा लगाउने कार्यक्रम रहेको प्रधानाध्यापक कर्णबहाहुर शाहीले बताए । विद्यालय भनेको संस्कारयुक्त शिक्षा प्रदान गर्ने संघ भएको हुँदा विद्यार्थीहरुलाई संस्कार र परम्पराको जानकारी गराउन टिका र जमरा लगाईदिने गरेको उनको भनाई छ । शाहीका अनुसार विद्यार्थीहरुलाई मौखिक रुपमा भनेर भन्दा पनि व्यवाहारिक रुपमा सिकाउँदा राम्रो हुने हुँदा विद्यालय छुट्टिको अघिल्लो दिन टिका र जमरा लगाउने गरिएको हो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE