क्लिन्टन स्कुलमा ३ दिने ट्यालेन्ट सो सम्पन्न

प्रकाशित मिति :2018-10-10 08:42:19

काठमाडौं/२३ असोज–चाहविलस्थित क्लिन्टन स्कुलले ‘क्लिन्टन ट्यालेन्ट सो २०७५’ सम्पन्न गरेको छ । असोज २१ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले आफूमा भएका प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले फेसन सो समेत प्रस्तुत गरेका थिए । फेसनमा सो मा विद्यार्थीहरुलाई सिनियर र जुनियर गरी दुई समूहमा विभाजन गरिएको थियो ।
सिनियर छात्रातर्फ कक्षा ८ कि लोयाना पराजुलीले मिस क्लिन्टनको उपाधी हात परेकी छिन् । यसैगरी कक्षा ९ की छात्रा जिज्ञासा रायमाझी फष्ट रनर अप र कक्षा ९ की अर्को छात्रा ज्योती खड्का सेकेन्ड रनर अप भएकी छिन् । कक्षा ८ की छात्रा स्वप्निल गुरुङ मिस ट्यालेन्ट भइन् भने कक्षा ६ की स्मृती कटुवालले मिस पर्सनालिटीको उपाधी हात पारिन् ।
यसैगरी, सिनियर छात्रतर्फ कक्षा ६ का शुभम थपलिया मिस्टर क्लिन्टन बन्न सफल भए । कक्षा ९ का सुयस अधिकारी फस्ट रनर अप भए भने कक्षा ७ का अनिस राई सेकेन्ड रनर अप भएका थिए । मिस्टर ट्यालेन्ट शुभाञ्जन विक्रम केसी घोषित भए भने कक्षा ६ का संयोग बलामीले मिस्टर पर्सनालिटीको उपाधी प्राप्त गरे ।
जुनियर छात्रातर्फ कक्षा ३ की तेञ्जिङ र्शेपा मिस क्लिन्टन घोषित भईन् भने कक्षा ३ की लिजा गुरुङ र सभ्यता उप्रेती क्रमश ः फष्ट रनर अप र सेकेन्ड रनर घोषित भए । मिस ट्यालेन्ट र मिस पर्सनालिटीको टाइटल क्रमश ः कक्षा ४ की आयुषा देउजा र इहा दाहालले प्राप्त गरिन् ।
यसैगरी, जुनियर छात्रातर्फको मिस्टर क्लिन्टनको उपाधी कक्षा ३ का शिरिष थापाले हात पारेका छन् । कक्षा ४ का अनुभवसिंह कार्की र प्रज्वल भट्टराई क्रमश ः फष्ट रनर अप र सेकेन्ड रनर अफ भएका छन् । कक्षा ३ का प्रणव उप्रेतीले मिस्टर ट्यालेन्ट र कक्षा ४ का दिपेश ढकालले मिस्टर पर्सनालिटीको टाइटल प्राप्त गर्न सफल भए ।
त्यस्तै, लिटल मिस र मिस्टर क्लिन्टनको उपाधी कक्षा २ की आयुश्री सुवेदी र शुभाग्यराज पाण्डेले हात पारेका थिए । मिस लिटल क्लिन्टनको फष्ट रनर अप र सेकेन्ड रनर अपको उपाधी क्रमश ः कक्षा २ की सरला लामिछाने र कृप्सना गुरुङले प्राप्त गरिन् । यसैगरी मेधावी राईले मिस लिटल ट्यालेन्ट र कोसिस बलामीले मिस लिटल पर्सनालिटीको उपाधी प्राप्त गरिन् ।
यसैगरी मिस्टर लिटल क्लिन्टनमा कक्षा २ का मयंकजंग विष्ट फष्ट रनर अफ र कक्षा १ का डेभिड तामाङ सेकेन्ड रनर अप घोषित भए भने कक्षा १ का आयाम श्रेष्ठले मिस्टर लिटल ट्यालेन्ट र किञ्जोन भट्टराईले मिस्टर लिटल पर्सनालिटीको उपाधी प्राप्त गरे ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

माघमा १४ हजार पदका लागि लोकसेवाको विज्ञापन खुल्ने

काठमाडौं/१ पुस– सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवाको विज्ञापन खुलाउने कार्ययोजना तयार पारेको

स्कुल खबरको मोटिभेसन कार्यक्रम सिद्धार्थ विद्यापीठमा

काठमाडौं/१ पुस– स्कुल खबर म्याग्जिनले शुक्रबार सिद्धार्थ विद्यापीठमा आयोजना गरेको एक दिने मोटिभेसन कार्यक्रम सम्पन्न

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE