अस्थायी शिक्षकको नतिजा दशैंपछि प्रकाशन हुने

प्रकाशित मिति :2018-10-11 07:12:54

काठमाडौं/२५ असोज– अस्थायी शिक्षकको लिखित परीक्षाको नतिजा दशैंपछि प्रकाशन हुने भएको छ ।
आयोगका अध्यक्ष ताना गौतमले अस्थायी शिक्षकको नतिजा दशैंपछि मात्र प्रकाशन गरिने बताए । अस्थायी शिक्षकको नतिजा दशैंपछि प्रकाशन गर्ने भनिए पनि कहिले गर्ने भन्ने मिति टुंगो नलागेको गौतमले एजुकेशन न्यूजलाई जानकारी दिए ।
दशैं अगाडि नै प्रकाशित गर्ने तयारी गरिरहेको भएपनि असोज ११ देखि १३ गतेसम्म भएको स्थायी शिक्षक सेवाको परीक्षाका कारण नतिजा प्रकाशनमा ढिलाई भएको शिक्षक सेवा आयोगले बताएको छ । स्थायी शिक्षक सेवाको परीक्षाका कारण अस्थायी शिक्षक परीक्षाको नतिजा अन्योल बनेको थियो ।
यसैगरी आयोगले असोज ११ देखि १३ गते सम्म लिइएको स्थायी शिक्षक परीक्षाको उत्तपुस्तिका संकलन कार्य पुरा गरिसकेको छ भने छिट्टै कापी परीक्षणको काम सुरु गर्ने तयारी गरेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE