‘नेका’ घोषणा दशैंपछि, रोक्न ‘इक्यान’को अन्तिम प्रयास, को आउँला नेतृत्वमा ?

प्रकाशित मिति :2018-10-11 08:42:46


काठमाडौं/२५ असोज–राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को औपचारिक घोषणा दशैं सकिए लगत्तै गर्ने तयारी संघले गरेको छ । हाल सबै कानुनी प्रक्रिया पूरा गरिसकेको नेकाले अहिले कार्यसमितिका लागि काम सुरु गरेको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को असन्तुष्ट सूमहले स्थापना गरेको नेकामा इक्यानमा रहेका र स्वतन्त्र व्यवसायीहरु रहने नेकाले जानकारी दिएको छ ।
“इक्यानमा रहेका १ सय सदस्य नेकामा आउँछन” नेकाका एक सदस्यले दाबी गरे, “त्यसबाहेक इक्यानभन्दा बाहिरका व्यवसायीसँग पनि छलफल भइरहेको छ, अहिले हामी केन्द्रीयस्तरदेखि जिल्लास्तरमा एकैपटक संघ विस्तार गर्ने तयारीमा छौं ।”
यता नेका गठनको समाचार एजुकेशन न्यूज नेपाल डट कम अनलाइनमा प्रकाशित भएपछि अत्तालिएको इक्यानको समूहले असन्तुष्ट नेकाका सदस्यसँग वार्ता गरी समस्या सुल्झाउने तयारी गरेको छ । इक्यान टुक्रिन नदिनका लागि सुरुमा वार्ता टोली गठन गर्ने र सकेसम्म नयाँ संघ गठन गर्नबाट रोक्नका लागि इक्यानले अन्तिम प्रयास गर्दैछ ।
तर, सबै कानुनी प्रक्रिया पूरा गरेर घोषणाको अन्तिम तयारीमा रहेको नेकाका सदस्य भने अब कुनै पनि हालता पछाडि फर्कने मनसायमा छैनन् ।
त्यस्तै, नेकामा कस्को नेतृत्वमा कार्यसमिति गठन हुने भन्नेमा अझै टुंगो लाग्न सकेको छैन् । एजुकेशन न्यूज नेपाललाई जानकारी आएसम्म पहिलो कार्यसमितिको नेतृत्व सरोजकुमार बस्नेतले गर्नेछन् । इक्यानको नेतृत्वका लागि गरेको विगतको प्रयास सफल हुन नसकेपनि त्यो चाहना नेकाबाट पूरा गर्ने तयारीमा बस्नेत देखिन्छन् । तर बस्नेत अभिभावकका रुपमा सल्लाहकारमा रहेर दोस्रो व्यक्ती नेतृत्वमा आउन सक्ने सम्भावना पनि अझै बाँकी छ ।
स्रोतका अनुसार इक्यानको वर्तमान कार्यसमितिमा उपाध्यक्षद्वय महेशबाबु तिमल्सिना, राजेन्द्र रिजाल र सचिव बिक्रम केसी पनि राजीनामा दिएर नेकामा आउने तयारीमा छन् । यद्यपी अझै टुंगो लागेको भने छैन् । नेतृत्वमा बस्नेत बाहेक अरुको कसैको दाबी रहेमा त्यो तिमल्सिनाको रहने सम्भावना छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

त्रिविको ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावाली सार्वजनिक, नामावाली सहित

काठमाडौं/२४ मंसिर– त्रिभुवन विश्वविद्यालयले पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE