हिमालयन बैंकले दियो ५ वटा सामूदायिक विद्यालयलाई कम्प्युटर

प्रकाशित मिति :2018-10-15 05:53:16

काठमाडौं/२९ असोज– हिमालय बैंक लिमिटेडले विभिन्न जिल्लामा रहेको ५ वटा सामूदायिक विद्यालयलाई कम्प्युटर प्रदान गरेको थियो ।
बैंकले २५ औं वार्षिकोत्सवको अवसर पारी सामुदायिक विद्यालयलाई सहयोग स्वरुप कम्प्युटर वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनतर विद्यार्थीलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले कम्प्युटर प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले काठमाडौंको कुलेश्वरमा रहेको कुलेश्वर माध्यमिक विद्यालयलाई ६ थान, बालाजुको तरुण माध्यमिक विद्यालयलाई १२ थान, ललितपुरको सरस्वती उच्च माध्यमिक विद्यालयलाई १२ थान, निजगढको जनजागृति आधारभूत विद्यालयलाई ५ थान र दोलखाको महेन्द्रोदय माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर प्रदान गरेको हो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

प्रदेश नं. १ का सामूदायिक विद्यालय प्रविधिमैत्री बनाइने

काठमाडौं/३ माघ– प्रदेश नं.१ का सामूदायिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक गुणस्तर सुधार कार्यक्रम सुरु गरिने भएको

परीक्षाकेन्द्र सार्वजनिक, केन्द्रसहित

काठमाडौं/३ माघ– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमएचएम, एमटीटीएम, एमबीएम र एमबीएईको प्रवेश परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE