त्रिविको व्यवस्थापन विभागमा अनेरास्ववियुले लगाइएको ताला खुल्यो

प्रकाशित मिति :2018-11-12 10:03:26

काठमाडौं/२६ कात्तिक– त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागमा अनेरास्ववियुले लगाएको ताला खुलेको छ ।
अनेरास्ववियु व्यवस्थापन केन्द्रीय विभागले विभिन्न माग राख्दै व्यवस्थापन विभागमा तालाबन्दी गरेको थियो । अनेरास्ववियु र विभागबीच भएको सहमतिपछि सोमबार ताला खुलेको हो ।
विभाग र विद्यार्थीबीच हुलक वृद्धि गर्नुपरेमा विद्यार्थी संगठनसँग सहमति गर्ने, विभागको चारित्रिक प्रमाणपत्र आउँदो पुस १ देखि प्रिन्टेड फर्ममा रेक्जिन ब्यागमा राखेर दिने, निःशुल्क र जेहेन्दार छात्रवृत्ति त्रिवि सेमेस्टर कार्यविधि अनुसार समयमै प्रदान गर्ने, सीडीएम अल्मुनाई एशोसिएसनले लिने ५ सय शुल्क स्वेच्छिक गर्ने सहमति भएको हो ।
यसैगरी विभागीय पुस्तकालयलाई थप व्यवस्थित गर्ने, प्राध्यापकले कक्षाकोठामा प्राध्यापन गर्दा सेमेस्टर प्रणालीको मान्यता अनुसार अन्तरक्रियात्मक ढंगले गर्नुपर्ने, प्राध्यापकहरु नियमित रुपमा पठनपाठनमा संलग्न हुनुपर्ने र सेमेस्टर प्रणालीमा आधारित पाठ्यपुस्तकहरु एक महिनाभित्रमा व्यवस्थापन गर्नुपर्ने सहमति भएको छ ।
सहमतिपत्रमा व्यवस्थापन विभागका प्रमुख प्रा.डा भोजराज अर्याल, अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्ट र अनेरास्ववियु केन्द्रीय सदस्य तथा त्रिवि प्रतिनिधि भूषण सुवेदीले हस्ताक्षर गरेका छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

त्रिविमा प्राइभेट परीक्षा नरोक्न विद्यार्थी संगठनको माग

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा प्राइभेट परीक्षा नरोक्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । त्रिविले

त्रिविको ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावाली सार्वजनिक, नामावाली सहित

काठमाडौं/२४ मंसिर– त्रिभुवन विश्वविद्यालयले पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE