नगरपालिकाभित्रका सबै विद्यालयमा एउटै रंग

प्रकाशित मिति :2018-11-13 05:52:33

काठमाडौं/२७ कात्तिक–रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा एकै खालको रंगरोगन गरेको छ । नगरपालिकाभित्र २४ वटा आधारभूत र २० वटा माध्यमिक गरी ४४ वटा सामूदायिक विद्यालयमा एकै खालको रंगरोगन गरिएको हो ।

नगरपालिकाले दशैं र तिहार बिदाको समय पारेर विद्यालयमा रंगरोगन गराएको हो । नगरपालिकाभित्र रहेका सबै सामूदायिक विद्यालयमा गाढा पहेंलो र गाढा रातो रंग लगाइएको छ । नगरपालिकाले सामूदायिक विद्यालयको भौतिक एवं शैक्षिक सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन सबै विद्यालयमा एकै खालको रंगरोगन गरेको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सरकारी भवन पुरानो हुन्छ भन्ने मानसिकता परिवर्तन गरी विद्यालय भवन आकर्षण बनाउन रंगरोगन गरिएको बताए । सामूदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा हाम्रो विद्यालय राम्रो छ भन्ने मानसिकता विकास गराउन रंगरोगन गरिएको उनको भनाइ छ ।
नगरपालिकाले विद्यालय रंगरोगन गर्नका लागि १ करोड २९ लाख बजेट छुट्टाएको थियो । सापकोटाले विद्यालयहरु रंगरोगनका लागि प्राविधिक टोली खटाइ लागत इस्टिमेट गरी सम्झौता गरेको बताउँदै बाँकी भएको रकम विद्यालयको पूर्वाधार विकासमा खर्च गर्ने जानकारी दिए ।
नगरपालिकाले सामूदायिक विद्यालयको शैक्षिक सुधारका साथै भौतिक सुधारका लागि पनि बजेट विनियोजन गरेको छ । नगरपालिकाले सामूदायिक विद्यालयको पूर्वाधार निर्माण लागि १ करोड बजेट छुट्याएको छ ।
नगरपालिकाले आगामी ३ वर्षभित्र सामूदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तर एउटै बनाउने लक्ष्य लिएको छ । यसैगरी नगरपालिकाले सामूदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न दिवा खाजा कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको छ । गत जेठ महिनादेखि कार्यान्वयनमा आएको दिवा खाजा कार्यक्रममा शिशु कक्षा देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई प्रति विद्यार्थी २५ रुपैयाँका दरले दिने गरेको सापकोटाले बताए । सापकोटाका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थी संख्याका आधारमा नगरपालिकाले विद्यालयको खातामा रकम भुक्तानी गरिदिन्छ र विद्यालयले विद्यार्थीहरुलाई स्थानीय खाजा खुवाउने गर्दछन् । दिवा खाजामा विद्यार्थीहरुलाई जंक फूड प्रतिबन्ध गरिएको उनले बताए ।
नगरपालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई प्रति विद्यार्थी एउटा टिफिन वितरण गरिसकेको छ । यस्तै बालविकास सहयोगी कार्यकर्तालाई नेपाल सरकारले दिएको मासिक ६ पारिश्रमिक न्यून भएकाले नगरपालिकाले प्रति व्यक्ति ३ हजारका दरले थापेर प्रोत्साहन रकम दिने गरेको सापकोटाको भनाइ छ ।
सापकोटाले टाढा टाढाबाट विद्यार्थी आउन समस्या हुने भएकोले नगरपालिकाले सामूदायिक विद्यालयलाई यातायातमा २० लाख अनुदान दिएको बताए । नगरपालिकाले सामूदायिक विद्यालय सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै
नगरपालिकाले चालु आर्थिक वर्षको वजेटमा शिक्षा सुधारका लागि ५ करोड बजेट विनियोजन गरेको थियो भने संघीय सरकारले सशर्त अनुदान अन्तर्गत २३ करोड रुपैयाँ छुट्याएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रमशील सेमिफाइनलमा प्रवेश

काठमााडौं/फागुन १०– चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा

प्रदेश नं.२ मा छोरी शिक्षा बीमा कार्यक्रम लागू

काठमाडौं/१० फागुन – प्रदेश नं २ ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE