दुई हजारभन्दा बढी अधिकृतको विज्ञापन खुल्दै
काठमाडौं/२८ कात्तिक–लोकसेवा आयोगले यसवर्ष दुई हजारभन्दा बढी संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले संघ, प्रदेश र स्थानीय तहका लागि धेरै कर्मचारी आवश्यक पर्ने भएकोले धेरै संख्यामा विज्ञापन गर्न लागिएको बताए । आयोगले एकै पटक यति ठूलो संख्यामा विज्ञापन गर्न लागेको यो पहिलो पटक हो ।
आयोगले मंगलबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, व्यवस्थापिका संसद र न्यायसेवा आयोगलाई आवश्यक कर्मचारी माग्दै विवरण पठानउ परिपत्र गरेको थियो । आयोगले सेवा सञ्चालनका निकायसँग माग पठाउन परिपत्र गरेको छ भने माग आएपछि त्यसकै आधारमा विज्ञापन गर्ने तयारी गरेको छ ।
आयोगले गतवर्ष शाखा अधिकृतदेखि सहसचिवसम्म १ हजार ९ सय ७० संख्यामा विज्ञापन खुलाएको थियो । आयोगले संशोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन गर्ने छ । यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका २ महिना पर सरेको थियो ।
Comment Here!