प्राविधिक शिक्षा सञ्चालन गर्नका लागि शैक्षिक महोत्सव

प्रकाशित मिति :2019-01-11 11:31:38

काठमाडौं/७ पुष– स्याङ्जा जिल्लाको अजुर्नचौपारी गाँउपालिका १ मा रहेकोे पञ्चकन्या माध्यमिक विद्यालयमा माघ ३ देखि १० गतेसम्म ज्ञान महायज्ञ ,शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।
कार्यक्रम समितिका अध्यक्ष खडानन्दले भने,“ विद्यालयको स्तरोन्नति तथा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।”
कार्यक्रमबाट संकलित रकमले विद्यालयमा ओभरसिएर र बालीविज्ञान कक्षा सञ्चालन गरिने विद्यालयको भनाइ छ । सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको महोत्वसबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको महासचिव विष्णुप्रसाद तिवारीले बताए । उनका अनुसार कार्यक्रम आयोजना गर्नका लागि ५० लाख खर्च लाग्नेछ ।
वि.सं.२०३१ सालमा स्थापना भएको यस विद्यालयमा हाल ६ सय २३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE