एन–प्याब्सनको २१ औं स्थापना दिवसमा पुरस्कार वितरण

प्रकाशित मिति :2019-01-13 08:40:24


काठमाडौं/२९ पुस– राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन–प्याबसन) काठमाडौंले २१ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
धुम्बारीमा रहेको मुनलाइट पार्टी प्लेसमा आयोजना भएको कार्यक्रममा पुस १ गतेदेखि १३ गतेसम्म भएको खेलकूद सप्ताहमा विजयी भएका खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । फुटबलतर्फ ज्ञान प्रकाश एकेडेमी प्रथम, प्रोक्सिस इन्टरनेशनल एकेडेमी दोस्रो र ग्रिनफिल्ड नेशनल तेस्रो भएको थियो । प्राक्सिस इन्टरनेशनल एकेडेमीका सुजन नेपालीले उत्कृष्ट खेलाडी भए भने हाई स्कोरर राजीब गुरुङ र उत्कृष्ट गोलकिपरको पुरस्कार जीवन मगर प्राप्त गरे ।
यसैगरी क्रिकेटतर्फ ग्रिनफिल्ड नेशनल स्कुल प्रथम, ग्रिनलञ्च स्कुल दोस्रो र एपेक्स लाइफ स्कुल तेस्रो भएको छ । पिपल्स एकेडेमी सिनियर बास्केटबलतर्फ प्रथम भयो भने नेरिक स्कुल दोस्रो र युनिर्भसल स्कुल तेस्रो भएको थियो । बास्केटबल जुनियरतर्फ नेरिक स्कुल प्रथम हुन सफल भयो भने ग्रिनफिल्ड स्कुल दोस्रो र कान्तिपुर स्कुल तेस्रो भएको छ ।
टेबलटेनिसतर्फ आरुणी स्कुल, ग्रिनफिल्ड नेशनल स्कुल र दिव्यज्ञान स्कुल क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् । त्यसैगरी मार्च पासमा भिमेश्वर एकेडेमी प्रथम, प्यारागन स्कुल दोस्रो र त्रिनेत्र विद्या निकेतन तेस्रो भयो । कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा एन प्याब्सन काठमाडौं जिल्लाको ११ वटै निकायमा नगर कमिटी गठन गर्ने योजना अनुसार अहिलेसम्म गठन भएका ६ वटा स्थानीय निकायका पदाधिकारीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा एन– प्याब्सन कागेश्वरी मनहरा नगर कमिटी, बुढानिलकण्ठ नगर कमिटी, गोर्केश्वर नगर कमिटी, टोखा नगर कमिटी, तारकेश्वर नगर कमिटी र नागार्जुन नगर कमिटीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एन– प्याब्सन काठमाडौंका कोषाध्यक्ष श्याम योञ्जनले वार्षिक आर्थिक प्रतिवेदन पेश गरेका थिए भने सचिव रुद्रमणि सुवेदीले संगठित प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एन– प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, एन– प्याब्सनका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कर्ण बहादुर शाही, केन्द्रीय महासचिव सुवास न्यौपाने, एन– प्याब्सन प्रदेश नं.३, ४ र ५ का प्रदेश प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE