क्याथफेष्ट आजबाट सुरु

प्रकाशित मिति :2019-01-13 09:14:03


काठमाडौं/२९ पुस– ललितपुरको बालकुमारीमा रहेको क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टमा क्याथफेष्ट २०१९ आजबाट सुरु भएको छ ।
कलेजका प्राचार्य डा. मधु सूदन कायस्थले भने,“ नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्फत सम्बोधन गर्न मेलाको आयोजना गरिएको हो ।” ‘नेपालका समस्याहरुको समाधान’ नारा दिइएको यस मेलामा सफ्टवेयर र हार्डवेयर प्रदर्शनीमा राखिएको छ भने रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफ लगायत विविध कार्यक्रमहरु हुने उनको भनाई छ ।
कार्यक्रममा इञ्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन संकायका १३ वटा कलेजका विद्यार्थीहरुको सहभागीता रहेको छ । प्रदर्शनी भोलि सोमबारसम्म सञ्चालन हुने कलेजले जनाएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE