दोर्दीका १६ वटा विद्यालयमा विद्यालय नर्सरी कार्यक्रम सुरु

प्रकाशित मिति :2019-01-14 06:30:23

काठमाडौं/३० पुस– लमजुङको दोर्दी गाउँपालिकामा विद्यालय नर्सरी कार्यक्रम सुरु भएको छ ।

गाउँपालिकाका अनुसार गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज पौडेले भने,“गाउँपालिका भित्र रहेका १६ वटा विद्यालयहरुसँग सम्झौत गरेर नर्सरीका लागि आवश्यक सामान वितरण गरिसकेका छौं ।” गाउँपालिकाले विद्यालयलाई नर्सरीका लागि निःशुल्क रुपमा बिउविजन, हजारी र ट्रनेल उपलब्ध गराएको उनले एजुकेशन न्यूजलाई जानकारी दिए ।

विद्यालयवरपरको सौन्दर्य बढाउन र विद्यार्थी तथा शिक्षकलाई प्रयोगात्मक रुपमा सिकाउन कार्यक्रम लागू गरेको उनको भनाई छ ।
कार्यक्रम अन्तर्गत विद्यालयले आधा रोपनी जग्गामा नर्सरी बनाउनुपर्छ । उनका अनुसार आधा रोपनी जग्गा नभएको विद्यालयलाई गाउँपालिकाले नजिकैको जग्गा भाडाँमा लिएर कार्यक्रम सञ्चालन गर्न लगाएको छ ।
नर्सरीमा विभिन्न जातिका फूल तथा तरकारीका बिरुवा लगाउन सकिनेछ । कार्यक्रम अन्तर्गत शिक्षकलाई कृषि नर्सरीसम्बन्धी तालिमको आयोजना गर्ने र परामर्श दिइनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE