शैक्षिक भ्रमण आएकी बालिका ४ दिनेदेखि बेपत्ता

प्रकाशित मिति :2019-01-14 07:30:40

काठमाडौं/३० पुस– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका ११ गैराथोक वडा नं.१० मा रहेको उमाशह शिक्षालय उच्च माविमा अध्ययनरत बालिका शैक्षिक भ्रमणका क्रममा ४ दिनदेखि बेपत्ता भएकी छिन् ।
विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणमा आएकी कक्षा ५ मा अध्ययनरत ११ वर्षीया बालिका सुनमाया तामाङ पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उनी झुक्किएर अर्को बसमा चढेको हुन सक्ने अनुमानका आधारमा नगरकोट, मेलम्ची, बनेपा, दोलखातथा राजधानीमा उनीको खोजी कार्य भइरहेको छ ।
विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतको टोली उनीको खोजी कार्यमा जुटेको भएपनि पत्त लाग्न सकेको छैन । विद्यालयले उनको खोजीका लागि प्रहरीलाई समेत जानकारी दिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE