२५ हजारमा स्थापना भएको सिजेएमसी कलेज विश्वविद्यायलयको तयारी

प्रकाशित मिति :2019-01-14 11:51:45

विगत १५ वर्षदेखि नेपालमा पहिलो पटक पत्रकारिता विधाको निजी कलेज सञ्चालन गर्दै आउनु भएकी मञ्जु मिश्र पत्रकारिता क्षेत्रमा अनवरत रुपमा लागेकी छिन् । सिजेएमसी कलेज प्रमुख मिश्रले नेपालमा पत्रकारिता विधाको छुट्टै निजी विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएकी छिन् । उनले रसियामा बसेर पत्रकारिता विषयमा मास्र्टस गरेकी हुन् भने नेपालमा पत्रकारिता विषयमा पीएचडी गर्ने दोस्रो महिला समेत हुन् । उनै मञ्जु मिश्रसँग एजुकेशन न्यूजले नेपालमा पत्रकारिता विश्वविद्यालयको आवश्यकता र सीजेएमसी कलेजको स्थापनासम्बन्धि उनीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नेपालमा पत्रकारिता विषयको छुट्टै विश्वविद्यालयको आवश्यकता किन ?
हामीले नयाँ कोर्ष सञ्चालन गर्नका लागि सक्दैनौं र पुरानो पाठ्यक्रम नै पढाइरहनु परेको छ । नयाँ कोर्षका लागि विश्वविद्यालयले विषय कमिटि बनाउनु पर्ने, छलफल गर्नुपर्ने र बहुमत भएपछि मात्र पाठ्यक्रम पास हुन्छ । त्यसपछि डिन कार्यालय पठाउनु पर्ने, डिन कार्यालय पठायो पाठ्यक्रम पुगेन भन्छ । यसरी प्रक्रियामा जाँदा प्रक्रिया लामो हुन्छ । त्यसैले नेपालमा नयाँ पत्रकारिताको विकास गर्न, पत्रकारिता शिक्षामा परिवर्तन गर्न र नयाँ ऐतिहासिक अध्याय सुरु गर्नका लागि पत्रकारिता विषयको विश्वविद्यालयको आवश्यकता रहेको छ । यसैगरी गुणस्तरीय पत्रकारको उत्पादन गर्न, स्वविवेकले लेख्ने पत्रकारको उत्पादन गर्न राम्रो प्यलेटफर्मको आवश्यक पर्छ । जसका लागि विश्वविद्यालयको आवश्यकता छ ।
मैले आज भन्दा १५ वर्ष अगाडि पुस १५ गते पत्रकारिता विषयको लागि छुट्टै विश्वविद्यालय स्थापना गर्नुपर्छ भनि नेपाल सरकार समक्ष निवेदन पनि दिएको थिए । पत्रकारिताको विश्वविद्यालय स्थापना भएपछि पत्रकारिता क्षेत्रमा नयाँ युग आउने भएकाले मैले पत्रकारिता विषयकाे छुट्टै विश्वविद्यालयकाे पहल गरेकी हुँ ।

कसरी पत्रकारिता क्षेत्रमा लाग्नु भयो ?
जति बेला मैले पत्रकारिता विषय अध्ययन गरिरहेको थिए त्यो समयमा नेपालमा पत्रकारिता विषयको पढाई सुरु भएको थिएन जस्तो लाग्छ । मैले रसिया बसेर पत्रकारिता विषय अध्ययन गरेकी हुँ । मिहिनेती र स्वाभाविमानी कसैसँग नझुक्ने स्वभाव भएको मलाई सानैदेखि पत्रकारितामा रुचि थियो । सानोमा मैले एक वर्ष लिंकन स्कुलमा पढ्ने मौका पाए । त्यसपछि म चावहिल स्कुल पढ्न थाले । मैले ०३२ सालमा चावहिल स्कुलबाट एसएलएस पास गरे र आइए पढ्नका लागि पद्यमकन्या क्याम्पसमा भर्ना भए । त्यहाँबाट मैले आइए सकेपछि बिए अध्ययन र रसियान भाषा अध्ययन गर्नका लागि मस्को गए । त्यहाँ गएर मैले विषय परिवर्तन गरी पत्रकारिता विषय पढे र मास्टर्स गरे । रसियामा मैले पत्रकारिता विषयमा गोल्ड मेडल समेत प्राप्त गरे । मास्टर्स पछि रसियामै बसेर मैले ‘पेरोडिक इन नेपालमा’ पीएचडी गरे । रसियामा रहँदा ६/७ वर्ष रेडियो मस्कोमा काम गर्ने मौका पनि पाए । जसले गर्दा पत्रकारिता प्रतिको मेरो रुचिमा थप ऊर्जा प्रवाह भयो ।

सीजेएमसी कलेज स्थापना गर्ने सोच कसरी आयो ?
विवाह पछि जीवनमा धेरै उताढचढाव आयो । नेपालमै केही गर्ने इच्छा भएका कारण सन् १९९८ मा दुबईबाट नेपाल फर्के । दुबईबाट नेपालबाट फर्किदा मसँग केही थिएन । स्वाभिमानले गर्दा आफैलाई केही गर्नुपर्छ भन्ने लाग्यो र जागिर खानाका लागि एकदुई वटा ठाउँमा गए । रसियाबाट पढेर आएको, गोल्ड मेडललिष्ट नेपालको दोस्रो महिला पत्रकारितामा पीएचडी गर्ने तर आफूले भन्ने जस्तो अवसर प्राप्त गर्न सकिन । रसियामा पढेको कारण आइएनजिओ र एनजिओहरुले विश्वासै गरेनन् । पत्रकारिता क्षेत्रमा काम गर्नका लागि जाँदा रिपोर्टरबाट सुरु गर्नुपर्ने भयो । गोल्ड मेडललिष्ट, पीएचडी होल्डर, चारपाँचबटा भाषा पनि सञ्चार गर्न सक्ने मलाई रिपोर्टरबाट जब सुरु गर्न मन लाग्ने । एमए, बिए पास गरेका नगरेकाले रिपोर्टङ्ग गरेका छन् भने आफूले पीएचडी गरेको के काम लाग्यो भने मेरो मनमा भयो । तर मसँग दुईवटा मात्र विकल्प थिए कि त केही गरेर देखाउनुपर्यो, कि त रिपोर्टङ्ग गर्नुपर्ने । त्यसपछि मैले समाजमा चुनौतीपूर्ण काम गरी आफूलाई स्थापित गर्ने निधो गरे ।
त्यसबेला नेपालमा पत्रकारितामा ब्याचरल सम्मको मात्र पढाई हुन्थ्यो । यति धेरै पढेको म त्यसपछि मलाई नेपालमा मास्टर्समा पत्रकारिता पढाइ हुनुपर्छ भन्ने सोच आयो अनि कलेज स्थापना गरे । २५ हजार रुपैयाँले सन् २००१ मा माघ २४ गते कलेज दर्ता गराए र सीजेएमसी कलेज स्थापना गरे ।

सीजेएमसी कस्तो कलेज हो ?
सीजेएमसी विशुद्ध पत्रकारिता र मिडिया सम्बन्धि अध्यापन गराउने कलेज हो । हाम्रो आफ्नै रेडियो छ । २००१ मा स्थापना भएको यो कलेजले विगत १५ वर्षदेखि पत्रकारिता र मिडिया सम्बन्धि विषयहरु अध्यापन गराउँदै आएको छ ।  सीजेएमसीलाई साउथ एसिशकै मिडिया हब बनाउने लक्ष्य लिएको छु । कलेजले ५ वटा पीएचडी ल्याइसकेको छ । यस कलेजमा ब्यचलर इन मास कम्यूनिकेशन एण्ड जर्नलिजम, मास्र्टस इन मास कम्यूनिकेशन एण्ड जर्नलिजम र मास्र्टस इन डेभलपमेन्ट कम्यूनिकेशन पढाइ भइरहेकाे छ र अन्य  पत्रकारिता सम्बन्धित विषयहरू सञ्चालन गर्ने याेजना रहेकाे छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE