रोजगारीका लागि आवेदन खुला, चैतभित्र निवेदन दिनुपर्ने

प्रकाशित मिति :2019-03-12 05:42:21

काठमाडौं/२८ फागुन– नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सय दिने रोजगारीका लागि आवेदन खुलाएको छ ।
आईतबार सूचना जारी गर्दै मन्त्रालयले चैत महिना भित्र आवेदन दिर्नुपर्ने उल्लेख छ । स्थानीय तहको मातहत सञ्चालन हुने रोजगार सेवा केन्द्रको समन्वयमा सय दिन बराबरको न्युनतम रोजगारी प्रदान गरिनेछ । सरकारले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी आउँदो चैत १ गतेदेखि बेरोजगारको तथ्यांक संकलन गर्दैछ । बेरोजार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर आफ्नो नाम बेरोजगार व्यक्तिको सूचिमा सुचिकृत गर्न सक्नेछ ।
बेरोजगार व्यक्तिले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, दक्षता र ठाउँ खुलाएर रोजगारीका लागि आफ्नो निवेदन दिन सक्नेछन् । १८ देखि ५९ वर्षभित्रको व्यक्तिले आवेदन दिन पाउने छन् । निवदेन प्राप्त गरेपछि रोजगार सेवा केन्द्रले निवेदकको छानबिन गर्ने छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सरकारले कृषि, पर्यटन, सडक यातायात, ऊर्जा, वन तथा वातावरण र उद्योग लगायतका १४ वटा क्षेत्रमा रोजगार उपलब्ध गराउँदैछ । सरकारले रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगार दिन नसकेमा न्यूनतम पारिश्रमिकको सय दिन बराबरको रकमको ५० प्रतिशत रकम निर्वाह भत्ताका रुपमा उपलब्ध गराउनेछ ।

 

निवेदन दिने फारमकाे नमूना

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE