रिलायन्समा लागुपदार्थ दुव्र्यसनसम्बन्धी जनचेतनात्मक कार्यक्रम सम्पन्न

प्रकाशित मिति :2019-03-13 10:29:57

काठमाडौं/२९ फागुन–रिलायन्स इन्टरनेशनल एकेडेमी मंगलबार महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्र चन्द्रको विशेष उपस्थितिमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागुऔषध दुव्र्यसनसँग सम्बन्धित जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ ।
बुढानिलकण्ठ नगरपालिका, वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कपन प्रहरी विभागका प्रहरी निरीक्षक मिन बहादुर कुँवर, विद्यालयका संस्थापक प्रधानाध्यापक खेमलाल भुसाल, सह—प्रधानाध्यापक दामोदर निरौला, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दामोदर भट्टराई लगायतको उपस्थित रहेको थियो ।
प्रमुख अतिथि भट्टराईले समुदाय—प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालित प्रहरी—विद्यालय सम्पर्क कार्यक्रमले साना विद्यार्थीहरूलाई प्रहरीसम्म पुग्न र आफ्नो समाजका कहीँ कतै दुव्र्यसन तथा कुनै पनि अनैतिक क्रियाकलाप भए गरेको पाएमा खबर गर्न सचेत गराएकाे प्रति प्रहरी टोलीलाई धन्यवाद दिए । समुन्नत समाज निर्माणको लागि सबै पक्षको भूमिका महत्वपूर्ण हुने र त्यसमा पनि विद्यार्थीका माध्यमबाट परिवार हुँदै समाजलाई परिवर्तन गर्न सहज हुने भन्दै उनले कार्यक्रममा प्रस्तुत हुने सबै जानकारीहरूलाई गम्भीरतापूर्वक लिई विद्यार्थीहरूले आफ्नो घर तथा समाजलाई सो सम्बन्धी जानकारी गराउनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा विद्यार्थीको लागि तयार गरिएका भिडियो र अन्य तथ्यमूलक जानकारीहरूमार्फत् प्रहरी निरीक्षक कुँवरले बढ्दो लागुऔषध दुव्र्यसन र त्यसबाट आफू बच्न तथा आफ्नो समुदायलाई बचाउन अपनाउनुपर्ने विधि एवम् प्रक्रियाहरूका बारेमा विद्यार्थीलाई जानकारी दिए ।
लागुपदार्थको लत कसरी बस्छ, यसबाट छुट्करा पाउन के उपाय अबलम्बन गर्ने, खराब संगतका साथीहरूलाई कसरी चिन्ने र टाढा बस्ने लगायतका जानकारीमूलक तथ्यहरू प्रस्तुत गर्दै प्रहरी निरीक्षक कुँवरले करिब १ घण्टाको विशेष कक्षा लिएका थिए । विद्यालयमा यसअघि पनि ब्रिटिस काउन्सिलसँगको सहकार्यमा प्रहरी एवम् ट्राफिक प्रहरीलाई आमन्त्रण गर्दै विभिन्न जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन भइसकेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE