प्याब्सनको अध्यक्षमा टीकाराम पुरी निर्वाचित, महासचिवमा कुमार घिमिरे

प्रकाशित मिति :2019-03-13 12:29:53

Image may contain: 2 people, people standing
काठमाडौं – २९ फागुन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को अध्यक्षमा टीकाराम पुरी निर्वाचित भएका छन् । राजधानीमा आयोजित १४ औं महाधिवेशनले सर्वसम्मत पुरीलाई निर्वाचित गरेको हो । पूर्व अध्यक्ष भोजबहादुर शाहले नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।
सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो ।


सर्वसम्मतका लागि मंगलबार राति र बुधबार अबेरसम्म छलफल चलेको थियो । अध्यक्षका अर्का प्रत्यासी डी. के. ढुंगाना सह–अध्यक्षमा निर्वाचित भएका छन् ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ तथा खुला उपाध्यक्षहरुमा ईश्वर बहादुर गुरुङ, डीआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टंक भट्टराई, गोपालप्रसाद आचार्य, भरतबाबु कँडेल निर्वाचित भएका छन् ।
महासचिव पदमा कुमार घिमिरे निर्वाचित भएका छन् । घिमिरे उपमहासचिव पदका उम्मेदवार थिए ।
उपमहासचिव पदमा दुई जना आर बी कट्वाल र किशोर गौतम निर्वाचति भएका छन् ।
कोषाध्यक्षमा सन्तोषमणी न्यौपाने र सचिवहरुमा मधु लोहनी, शिव कार्की, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, संगीता सिलवाल ऐर, मदनकुमार आचार्य, राजेशकुमार दास निर्वाचित भएका छन् ।
त्यस्तै सह कोषाध्यक्षहरुमा मीनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का, गणेशबाबु पोख्रेल निर्वाचित भएका छन् ।
महाधिवेशनले भूगोल अन्तर्गतका उपाध्यक्षहरु समेत सर्वसम्मतले निर्वाचित गरेको छ । प्रदेश १ बाट उपाध्यक्षमा नारायणप्रसाद घिमिरे, प्रदेश २ बाट गोपाल कार्की, प्रदेश ५ बाट विष्णु पन्थी, कर्णाली प्रदेशबाट बामदेव कँडेल र सुदुरपश्चिम प्रदेशबाट जगवीर थापा निर्वाचित भएका छन् ।
त्यस्तै सल्लाहकारहरुमा आशिष श्रेष्ठ र राजकुमार महर्जजन चयन गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE