महिला क्याम्पस प्रमुख माग गर्दै त्रिविमा तालाबन्दी

प्रकाशित मिति :2019-03-15 07:15:57

काठमाडौं/१ चैत– त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित आंगिक क्याम्पसमा महिला प्रमुख हुनुपर्ने माग गर्दै त्रिविका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् ।
पद्यमकन्या बहुमुखी क्याम्पस बागबजारका महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरुले त्रिविका देशभरका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत क्याम्पसमा महिला प्रमुख बनाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले पद्यमकन्या बहुमुखी क्याम्सपमा रिक्त रहेको क्याम्पस प्रमुखमा महिला प्राध्यापकलाई नियुक्त गर्न माग गरेका छन् ।
महिला प्रमुखको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले त्रिविका पदाधिकारीले आफूहरुको मागको सुनुवाई नगरेको आरोप लगाउँदै ५ दिन अघि त्रिवि उपकुलपति प्राडा तीर्थराज खनियाँ र बिहीबारबाट रेक्टर प्रा.डा. सुधा त्रिपाठी र रजिष्टार प्रा डिल्लीराम उप्रेतीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
पद्यमकन्या बहुमुखी क्याम्पसकी गृह विज्ञान केन्द्रीय विभागकी प्रमुख प्रा.डा. मनसा थापा ठकुराठीले महिला क्याम्पसमा महिलालाई नै प्रमुखमा नियुक्ति गर्न सरकारसँग माग गरिन् । उनले स्थापनाकालदेखि नै गर्विलो इतिहास बोकेको क्याम्पसमा अहिले आएर महिलालाई विभेद गरेर पुरुषलाईमात्र योग्य बनाउन खोजिएको आरोप लगाइन् ।
राज्यले हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरेपनि त्रिवि अन्तर्गतका ६१ वटा आंगिक क्याम्पसहरु कुनैमा पनि महिला क्याम्पस प्रमुख नभएको उनको भनाई छ । उनले आफ्ना मागहरुबारे सरोकार पक्ष सकारात्मक नभए तत्काल आमरण अनसनमा जाने चेतावनी समेत दिइन् ।
डा. कल्पना श्रेष्ठले पद्यमकन्या क्याम्पसमा २ जना पुरुष र १ जना महिलामात्र सिफारिसमा परेको बताउँदै बरियताको पहिलो नम्बरमा रहेकी महिलालाई पाउनुपर्ने अधिकारबाट वञ्चित पर्न खोजेको आरोप लगाइन् । सम्बन्धित निकायलाई जानकारी गराउँदापनि आम विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरुको भावनाप्रतिकूल निर्णय गरे आफूहरु सशक्त प्रतिवाद र संघर्षमा उत्रन बाध्य हुने उनको भनाई छ ।
पद्यमकन्या क्याम्पस प्राध्यापक संघ नेपालकी सदस्य एवम् उप प्राध्यापक बिमला नेपालले संविधानले दिएको ३३ प्रतिशत अधिकारलाई प्राज्ञिक क्षेत्रमानै विभेद गरिएको गुनासो पोखिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE