गाैरीशंकर स्कुलका विद्यार्थीकाे शैक्षिक भ्रमण बृद्धा आश्रम

प्रकाशित मिति :2019-03-15 07:41:41

काठमाडौं/१ चैत– ललितपुरको इमाडोलस्थित गौरीशंकर ईङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वार्षिक क्यालेण्डर बमोजिमको शैक्षिक भ्रमण कार्यक्रम यसवर्ष फरक ढंगबाट गराएको छ ।
स्कुलले विद्यार्थीहरुलाई बृद्धा आश्रमको भ्रमण गराएको हो । तीनकुनेस्थित निःसहाय सेवा सदनमा विद्यालयकी शिक्षिका सरिता नेपाल पौडेलको नेतृत्वमा विद्यार्थीहरुलाई भ्रमण गराइएको थियो । भ्रमणका क्रममा विद्यार्थीहरुलृ बृद्धबृद्धाहरुलाई आफैले बनाएर लगेका खानेकुरा समेत खुवाएका थिए । आफ्नो दिवा खाजाका लागि अभिभावकहरुले दिने खर्चको केही अंशलाई बचाएर बृद्धा आश्रममा रहेका पाका बृद्धबृद्धाहरुलाई खुवाउन पाउँदा अत्यन्त खुसी लागेको अनुभव सुनाउँदै कक्षा ७ मा अध्ययनरत छात्र उत्सव कडेंलले भने, “आगामी दिनमा पनि विद्यालयले यस्तै उपलब्धीमुलुक भम्रण गराउने कुरामा आशावादी छु ।”
बृद्धा आश्रमको भ्रमण पश्चात भावुक मुद्रामा रहेकी सोही कक्षाकी छात्रा आशिका ढकालले विद्यालयले माया र स्नेहको सच्चा अनुभव गर्ने अवसर दिलाएको बताइन् । विद्यार्थीहरुले बृद्धा आश्रममा रहेका बृद्धबृद्धाहरुसँग अन्तरक्रिया समेत गरेका थिए । विद्यार्थीहरुलाई उक्त शैक्षिक भ्रमण गराउन सहजकर्ताको भूमिका निवार्ह गरेकी विद्यालयकी शिक्षिका पौडेलले विद्यार्थीहरुलाई नैतिक शिक्षा आर्जनका गराउनका लागि यस्ता किसिमका भ्रमणहरु फलदायी रहने बताइन् ।
हिलासाइड कलेज अफ इञ्जिनियरिङको भागिनी संस्थाका रुपमा रहेको उक्त विद्यालयले पछिल्ला दिनहरुमा गुणस्तरीय शिक्षा आर्जनका लागि बन्द कोठाभित्रको ज्ञान मात्र फलदायी नहुने भन्दै विद्यार्थीहरुलाई यस्ता रचनात्मक क्रियाकलापहरुमा सहभागी गराउँदै आएका छ ।
शिक्षाको समंग्र गुणस्तर बृद्धिका लागि गौरीशंक ईङ्लिस स्कुलको मातृसंस्था हिलसाइड कलेज अफ इञ्जिनियरिङले आगामी जुलाई १९ देखि २१ सम्म काठमाडौंमा International Conference on Quality, Reliability, Infocom Technology and Buisness Operations (ICTRIT) नामको अन्तर्राष्ट्रिय सम्मेलन समेत गर्दैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE