केन्याका ताबिजी बने विश्वको उत्कृष्ट शिक्षक, १ मिलियन डलर पुरस्कार पाए

प्रकाशित मिति :2019-03-25 09:10:40

Image result for tabichi

११ चैत – केन्याका शिक्षक पिटर ताबिची विश्वकै उत्कृष्ट शिक्षकका रुपमा पुरस्कृत भएका छन् । विज्ञान विषय पढाउने ताबिचीलाई आइतबार दुबईमा आयोजित कार्यक्रममा ‘ग्लोवल टिचर प्राइज’ बाट पुरस्कृत गरिएको हो ।

पुरस्कारसँगै उनले १ मिलियन डलर पुरस्कार समेत पाएका छन् । आफ्नो पारिश्रमिकको ८० प्रतिशत गरीब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएका थिए ।

जीवनमा पहिलो पटक हवाइजहाजमा चढेर दुबईमा आयोजित कार्यक्रममा भाग लिन आइपुगेका उनी सबैभन्दा टाढा यात्रा गरेको यो पहिलो पटक भएको उनले बताए । यस अगाडि उनी केन्याबाट युगान्डासम्मको यात्रा गरेका थिए ।

“म निकै गौरवान्वित भएको छु, म अहिले विश्वास नै गर्न सकेको छैन, म यस विश्वका उत्कृष्ट शिक्षकहरुको बीचबाट पनि उत्कृष्ट हुन पाउँदा म निकै खुसी छु” उनले भने ।

ताबिचीले हाइस्कुलमा विज्ञान विषय पढाउँछन् । उनले अध्यापन गर्ने क्षेत्रमा एक दुई अनाथको तथा एक मात्रै अभिभावक भएका सन्तानको बाहुल्यता छ ।

उनले अध्यापन गराउने विद्यालयमा लाइब्रेरी र ल्यावोरेटोरी छैन् । त्यसैले पुरस्कारबाट पाएको १ मिलियन डलर विद्यालयको सुधार र गरीबका लागि खानका लाथि खर्च गर्ने उनले बताए ।

केन्याका राष्ट्रपति उहुरु केन्याथाले भने, “ताबिजीले भोगेको कथा अफ्रिकाको कथा हो, आशा गरौं आगामी दिनमा राम्रो हुनेछ ।”

यो उपाधी गत वर्ष बेलायतकी शिक्षिकाले पाएकी थिइन ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE