पञ्चवर्षिय योजना अवधीमा, विद्यालय बाहिर कोही हुन्नन, कोही निरक्षर रहदैँनन्– प्रधानमन्त्री

प्रकाशित मिति :2019-04-03 09:46:10

काठमाडौं, २० चैत –
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं पञ्चवर्षिय योजनाको अवधीभित्र स्कुल बाहिर, स्कुल जाने उमेरका कोही पनि बालबालिका नहुने दाबी गरेका छन् । बुधबार राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले विद्यालय जाने उमेरका सम्पूर्ण बालबालिका स्कुल जाने गरी काम गर्ने दाबी गरेका हुन् ।
“यस अवधीमा देशका सबै बालबालिका स्कुल गएका हुनेछन, देशबाट निरक्षरता उन्मूलन भएको हुनेछ, निरक्षरताको गीत गाइरहने होइन, आगामी १५ औं पञ्चवर्षिय योजनाको अवधीभित्र निरक्षरता उन्मूलन भएको हुनेछ” उनले भने ।
सरकारले गत वर्ष मुलुकभर भर्ना अभियान कार्यक्रम सञ्चालन गरेपनि अझै पनि ५९ हजारभन्दा बढी बालबालिकाहरु विद्यालय बाहिर नै छन् । सरकारले यस वर्ष विभिन्न १५ वटा जिल्लामा भर्ना सघन भर्ना अभियान कार्यक्रम समेत सञचालन गर्ने भएको छ ।
तराईका ६ जिल्लामा सबैभन्दा धेरै बालबालिका विद्यालय बाहिर छन् । तराईका रौतहट, पर्सा, बारा, महोत्तरी, सिराहा, धनुषा, डोल्पा, जुम्ला, डोटी, रोप्ला, बझाङ, अछाम, जाजरकोट र बाँकेमा सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक छ ।
सरकारले २०७६ सालका लागि भर्ना अभियान अन्तर्गत ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔ’ नाराका साथ भर्ना अभियान कार्यक्रम सञ्चालन गर्दैछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE