फेदीखोला गाउँपालिकाका विद्यालयमा ‘भेन्डिङ मेसिन’

प्रकाशित मिति :2019-04-04 06:17:24

काठमाडौं/२० चैत– स्याङजाको फेदीखोला गाँउपालिकाको सामूदायिक विद्यालयमा प्याड उपलब्ध गराउन भेन्डिङ मेसिन जडान गरिने भएको छ । गाँउपालिकाका अध्यक्ष धनश्याम सुवेदीका अनुसार गाँउपालिकाको ८ वटा सामूदायिक विद्यालयमा मेसिन जडान गरिन लगिएको हो ।
“गाउँपालिका अन्तर्गत हाल एउटा मात्रै विद्यालयमा यो मेसिन जडान गरिएको छ, अन्य विद्यालयमा यही शैक्षिक सत्रमा जडान गर्ने योजना छ” सुवेदीले भने ।
विद्यालय समयमा छात्राहरु महिनावारी भएको अवस्थामा प्याड उपलब्ध गराउन सहज होस भन्ने उद्देश्यले उक्त मेसिन जडान गर्न लागिएको हो । महिनाबारी हुँदा विद्यालयबाटै भाग्ने, कति दिनसम्म विद्यालयय नआउने भएको कराण पढाइमा समस्या आएको थियो । तर यो मेसिन जडान गरेपछि त्यस्ता समस्या नदोहोरिने उनले विश्वास व्यक्त गरे ।
मेसिन जडान भइसकेपछि अध्ययनरत छात्रा तथा महिला शिक्षिक तथा कर्मचारीका लागि फाइदा पुग्नेछ ।
सुवेदीका अनुसार मेसिन जापानीज भए पनि आयात भने भारतबाट गरिएको हो । मेसिनमा एक पटकमा ५० वटा प्याड राख्न सकिन्छ । प्याड झिक्नका लागि स्मार्ट कार्डको व्यवस्था गरिएको छ । उक्त कार्डमबाट १ सय रुपैयाँ बराबरको मूल्यको प्याड किन्न सकिन्छ । एउटा प्याडका लागि ५ रुपैयाँ खर्च लाग्छ । भने मेसिन ८८ हजार रुपैयाँमा खरिद गरिएको हो ।

स्मार्ट कार्ड हरेक कक्षाका मनिटर र कुनै विद्यालयको प्रमुख महिलालाई दिइनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE