८ वर्षे बालक विश्वभ्रमणमा निस्किएपछि

प्रकाशित मिति :2019-04-04 08:19:35

Twitter post by @mono_brov: Восьмилетний россиянин сбежал в кругосветное путешествие и дошел до Волги

काठमाडौं– २१ चैत –

दक्षिण रसियाको यास्ट्राखानबाट ८ वर्षे बालक साथमा खुत्रुके, एउटा खेलौना, खानका लागि एउटा केरा र इन्साइक्लोपेडिया लिएर विश्वभ्रमणमा निस्किएपछि अहिले सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ ।

आमाका नाममा एउटा पत्र लेख्दै आफू विश्व भ्रमणमा हिँडेको बताएका थिए । उनको पत्र पढेपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन । बालक तीन घण्टापछि भेटिएका थिए । तबसम्म उनले तीन वटा बसमा यात्रा गर्दै केही दूरी पैदल पार गरेका थिए ।

खर्चका लागि खुत्रुकेको पैसा, खानका लागि एउटा कोसा केरा, साथमा खेलौना र विश्वबारे जानकारी लिनका लागि इन्साइक्लोपेडिया लिएको उनले बताएका थिए । जब प्रहरी अधिकारीहरुले उनलाई भेटाए तब उनले आफू यात्राबाट निकै थकित भएको भन्दै केही समय आराम गर्न खोजेका थिए ।

उनको उक्त समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि एक प्रयोगकर्ताले लेखेका छन, “यास्ट्राखानका एक ८ वर्षे बालक पैदल नै विश्वभ्रमणमा निस्किन्छन तर म चाँही सहरको यात्रा गर्दा नै गुनासो गर्छु ।”

उक्त समाचारपछि भाषा अध्यापन गराउने एउटा निजी विद्यालयले ती बालकलाई निशुल्क एक वर्ष अंग्रेजी पढाउने घोषणा समेत ग¥यो ।

ती बालकको कोन्युखोभ उपनाम दिइएको छ । फेडोर कोन्युखोभ एक्लै जोखिमपूर्ण यात्रा गर्ने प्रसिद्ध रुसी यात्री हुन । पछिल्लो यात्रामा डुंगा खियाउँदै उनले चार महिना लगाएर दक्षिणी सागर पार गरेका थिए ।

 

आमालाई सानो टिपोट छोडेर ती बालक विश्वभ्रमणमा निस्किएका थिए

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE