धर्नास्थलबाट अस्थायी शिक्षक गिरफ्तार, फेरि एक पटक आन्तरिक परीक्षाको माग

प्रकाशित मिति :2019-04-05 08:55:11

काठमाडौं / २२ चैत –
प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिन पुगेका आन्दोलनत अस्थायी शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । फेरि एक पटक आन्तरिक परीक्षाको मौका दिनुपर्ने माग राख्दै धर्नामा बसेका अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ गरी कालिमाटी, कमलपोखरी र दरबारमार्गमा पु¥याएको हो ।
२०६१ सालदेखि २०७२ असोज २ गतेसम्म अस्थायी शिक्षकमा नियुक्त भएका शिक्षक चैत १७ गतेदेखि आन्दोलनमा छन् । अस्थायी तथा करार शिक्षक आन्दोलन समितिका सचिव राजन त्रिपाठीले भने, “धर्नामा बसेका बेलामा २४ जना महिला शिक्षकलाई कालिमाटी, ९ जना शिक्षकलाई दरबारमार्ग र १५ जना शिक्षकलाई कमलपोखरीमा राखिएको छ, कमलपोखरीमा बाहिर ५० भन्दा बढी शिक्षक छौं ।”
गत १७ गतेदेखि १९ गतेसम्म राजधानीको भद्रकालीमा अनसन बसेका शिक्षकहरुले २० र २१ गते संसद भवन अगाडि धर्ना दिएका थिए ।
त्रिपाठीले भने, “आन्तरिक परीक्षापछि १२ हजारभन्दा बढी अस्थायी शिक्षकहरु विस्थापित हुने अवस्था सिर्जना भएको छ, कतिपयलाई हाजिर गर्न दिइएको छैन भने कतिपयलाई छुट्टै कागजमा हाजिर गर्न बाध्य पारिएको छ ।” जीवनको अधिकांश समय अस्थायी शिक्षकमा रुपमा अध्यापन गर्ने शिक्षकलाई यसरी कुनै पनि विकल्प बिना विस्थापित गर्नु गलत भएको भन्दै अस्थायी शिक्षकहरु आन्दोलनमा छन् । उनीहरुले पुनः एक पटक अस्थायी शिक्षकको परीक्षा हुनुपर्ने माग राखेका छन् ।
त्यस्तै, हिजो बिहीबारदेखि २०७२ असोज ३ गतेभन्दा पछाडि नियुक्त भएका अस्थायी, करार तथा छुट शिक्षकहरुले पनि आन्दोलन सुरु गरेका छन् । बिहीबार रिले अनसन सुरु गरेका उनीहरुलाई अनसन सुरु भए लगत्तै प्रहरीले गिरफ्तार गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE