बारा–पर्साका ‘टोर्नेडो’ पीडितलाई इक्यानको ५ लाख सहयोग

प्रकाशित मिति :2019-04-09 06:21:32

काठमाडौं/२६ चैत –

गत चैत १७ गते साँझ बारा र पर्सा जिल्लामा हावाहुरी पीडितलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ५ लाख २ हजार ५ सय ७६ रुपैयाँ सहयोग गरेको छ । इक्यानका सदस्यहरुमार्फत संकलन गरिएको एकमुष्ठ रकम मंगलबार जनकपुर पुगी मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेको इक्यानका महासचिव शेषराज भट्टराईले जानकारी दिए ।
कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्रि जितेन्द्र सोनाल समेत उपस्थित थिए । इक्यानको तर्फबाट निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, माहासचिव शेषराज भट्टराई सहभागी थिए । इक्यानले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

इक्यानले विगतमा पनि विपत्तीको समयमा पटक–पटक सहयोग गर्दै आएको छ ।
उच्च शिक्षाका लागि विदेशमा जान चाहने विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने विभिन्न एजुकेशन कन्सलटेन्सीहरुको छाता संगठन इक्यान सबैभन्दा पुरानो र ठूलो संघ हो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE