कामपाले ताेक्याे निजी विद्यालयको शुल्क

प्रकाशित मिति :2019-04-11 11:23:14

काठमाडौं/२८ चैत– काठमाडौं महानगरपालिकाले निजी विद्यालयको शुल्क निर्धारण गरेको छ । कामपाले यहि शैक्षिक सत्र देखि लागू हुने गरि शुल्क निधारण गरेको छ ।
कामपाका शिक्षा प्रमुख निमर्ला केसीका अनुसार २०७६ साल देखि आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क रु एक हजार ५ सय ३०, ‘ग’ वर्गमा २ हजार २४, ‘ख’ वर्गमा २ हजार ४ सय १८ र ‘क’ वर्गका विद्यालयको रु २ हजार ८ सय १२ निधारण गरेको छ । आधारभूत तह कै कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क १ हजार ९ सय १, ‘ग’ वर्गको २ हजार ३ सय ५१, ‘ख’ वर्गमा २ हजार ८ सय १ र ‘क’ वर्गका ३ हजार २ सय ५१ कायम गरेको छ ।
त्यसैगरि माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क १ हजार ५ सय ३७, ‘ग’ वर्गको लागि ३ हजार ४९, ‘ख’ वर्गका लागि ३ हजार ७ सय ६२ र ‘क’ वर्गका लागि रु ४ हजार शुल्क निधारर्ण गरेको छ ।
यसरी ‘क’,‘ख’, ‘ग’, ‘घ’ वर्गीकरण सरकारले विद्यालयको भवन, जग्गा, खेलमैदान त्यसतै गरी भौतिक पूर्वाधार, पुस्तकालय, शैचालय, खेलका सामग्री जस्ता सुविधाको आधारमा वर्गीकारण छुटाइएको छ । यसरी छुटाइएको वगीकरर्णको अनुसार विद्यालयमा छात्रवृत्ति, विद्यालय व्यवस्थापन, शैक्षिक उपलब्धि, महिला शिक्षक अनुपात, बालमैत्री कक्षा, शिक्षक बैठक, कर्मचारी सङख्या लगायतको कुराहरु समेटेको हुनु पर्छ ।
काठमाडौं महानगरपालिकाले यसरी विद्यालयलाई कुन वर्गको हो भनेर छुटाउनको लागि ‘विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समिति’ तयार गरेको छ । प्रमुखका अनुसार फागुन २६ गते चालू शैक्षिकसत्रको शुल्क निधारर्ण गरिएको हो । कक्षागत शुल्क दर तोक्नका लागि शिक्षा नियमवालीको २०५९ को अनुसूची २२ (क) मा व्यवस्था गरिएको छ ।
काठमाडौं नगरपालिका भित्र ९१ सामुदायिक र ६४६ संस्थागत विद्यालय छन् । याहाँको विद्यालयमा २ लाख ३ हजार ९ सय ७१ विद्यार्थी अध्ययनरत छन । जस मध्ये १ लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँशी सामुदयिक विद्यालयमा अध्ययनरत छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE