सय रुपैंयामा शिक्षा दिदै आएको समता विद्यालयलाई गिनिज बुकको प्रमाण पत्र

प्रकाशित मिति :2019-04-16 06:16:43

काठमाडौं/३ बैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुललाई गिनिज वल्र्ड अफ रेकर्डस हस्तान्तरण गर्नु भएको छ ।
बालुवटारमा आयोजित कार्यक्रममा समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई प्रमाणपत्र हस्तान्तरण गरिएकाे हाे । विद्यालय विश्व कै पहिलो कम खर्चिलाे र सर्वसुलब मूल्यमा शिक्षा दिदै अाएकाे हुनाले विद्यालयले गिनिज वल्र्ड अफ रेकर्डस प्रमाणपत्र प्राप्त गरेको हो । यस विद्यालयको मासिक शुल्क सय रुपैंया रहेका छ ।
प्रधानमन्त्रीले राज्यले लिनुपर्ने दायित्व सञ्जेल लिएकोमा उँहाले खुसी व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो,“ अङग्रजी माध्यममा राम्राे शिक्षा लिन्छु भन्नेका लागि पैसाको कारणले पढ्ने समस्या अब रहेन ।” सय रुपैंयामा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई गुन लगाएको उँहाले बताउनु भयो ।
यस विद्यालय बि.स २०५८ सालमा मह जोडिको सहयोगमा स्थापना भएको  थियाे ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE