प्रधानमन्त्रीबाट हस्तान्तरित प्रमाणपत्र नक्कली

प्रकाशित मिति :2019-04-16 10:44:33

काठमाडाैं/३ बैशाख-प्रधानमन्त्री केपी ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्र के लेखिएको छ भनेर हस्तान्तरण गर्नेहरुले ध्यान दिएको पाइएन । उनीहरुले हस्तान्तरण गरेको प्रमाणपत्र नक्कली थियो ।
प्रमाणपत्रमा सन्तोष शुक्ला नाम गरेको व्यक्तिले उक्त विश्व रेकर्डलाई प्रमाणीकरण गरेका छन् । उनलाई भारतको सर्वोच्च अदालतको वकिल भनेर उल्लेख गरिएको छ । तर गुगलमा उनका बारेमा सर्च गर्दा उनको संलग्नता वल्र्ड बुक अफ रेकर्डको प्रमाणीकरणमा मात्र देख्न सकिन्छ । उनको नाम सर्वोच्च अदालतको वकिलको सूचीमा पनि छैन ।

डब्लुबिआरका नेपाल प्रतिनिधि सागर कट्वाल शुक्ला भारतको सर्वोच्च अदालतको पूर्णकालीन वकिल नभई आंशिक रुपमा मात्र कानुन व्यवसायमा संलग्न रहेको बताउँछन् ।

साभार-नागरिक दैनिक

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE