होस्टे हैसेको ‘वान चाइल्ड, वन इयर, फूल एजुकेशन’

प्रकाशित मिति :2019-04-16 12:23:08

Hoste Hainse Project 3K
काठमाडौं/३ बैशाख– होस्टे हैसे संस्थाले गत शुक्रबार च्यारिटी सो कार्यक्रम सम्पन्न ग¥यो ।
वर्षको एक चोटि गरिने च्यारिटी सो विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षामा सहयोग होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा संस्थाकी एग्जीक्यूटिव असिस्टेंट प्रतिमा न्यौपानेले बताइन् ।
यसै गरि संस्थाले हालैमा ‘वान चाइल्ड, वन इयर, फूल एजुकेशन’ एक वर्षमा एक जना बालबालिकालाई एक वर्ष सम्म पढाउँ भन्ने उद्देश्यका साथ लागिपरेको छ । उनका अनुसार वर्षमा ३ हजार रुपैंयाले एक विद्यार्थी पढाउने लक्ष्य लिएको छ । बाहिरी संस्थाको सहयोगले भन्दा पनि स्थानियबाट नै ३ हजार रकम लिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रधान गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको उनले बताइन । संस्थाको संस्थापक सुलोचना श्रेष्ठ शाहका अनुसार सर्लाही जिल्लाका बालबालिकालाई थौरै पैसामा पनि शिक्षा प्रधान गर्ने लक्ष्य लिएर अगाडि बढेको हो । वार्षिक ३ हजार रुपैयामा सर्लाहीका बालबालिकाको आर्थिक र शौक्षिक विकासमा सहयोग पुराउदै अगामी दिनमा विभिन्न पक्षसंग सहकार्य गर्दै अगाडि बढ्ने योजना संस्थाको रहेको छ ।
यस संस्थाले तराईको सर्लाही जिल्लामा ४ वटा विद्यालय सञ्चालन गरिरहेको छ । विद्यालयमा लगभग २ हजार विद्यार्थी अध्यान गरिरहेका छन् । जसमा गरिब, पिछिडिएको जाति तथा लैगिंक विभेदमा परेको बालबालिकालाई पूर्ण छात्रवृतिका साथ पढाइन्छ । पढाइ मात्र नभएर विद्यालयले आयमूलक शिक्षामा समेत उत्तिकै जोड दिएको छ । माछापालन जस्ता कार्यक्रमले एकातिर आर्थिक अवस्था बलियो हुन्छ भने त्यसले सन्तान पढाउन पनि सहज होस भन्ने उद्देश्यले संस्थानले त्यसतर्फ ध्यान दिएको उनले बताइन ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE