हाजिरीमा रोक

प्रकाशित मिति :2019-04-17 08:33:13

काठमाडौं/४ बैशाख– सूर्योदय नगरपालिकाले शिक्षा सेवा आयोगको प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकको हाजिर हुन रोक लगाएको छ ।
नगरपालिकाको अनुसार शिक्षा विकास तथा समन्वय इकाइ इलामले समन्वय नगरी शिक्षक पठाएको कारणले हाजिर गर्न रोक लगाइएको हो । नगरका प्रमुख रणबहादुर राईको अनुसार चैत २९ गते देखि नयाँ शिक्षक पठाएपछि करारमा नियुक्त शिक्षक विस्थापित भएकोले गर्दा यसबाट नगरपालिकाको अधिकार मिचिएको छ ।
नगरपालिकाले रेकर्डमा रिक्त पद देखाएपछि आयोगको परीक्षा पास गरेको शिक्षक पठाएको इकाइका प्रमुख होमनाथ भण्डारीले बताएका छन् । त्यसैगरि नगरपालिकाले अनुमति बिना शिक्षक नियुक्त गरेको उनको भनाई छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE